बाँध मायाले ले सुरु गर्यो कलेज क्याम्पियन 

गफगाफ - फिल्म बाँध मायाले टिमले कलेज क्याम्पियन सुरु गरेको छ । राजधानीका विभिन्न कलेजमा कलाकार पुगेर फिल्मको प्रचार प्रसारलाई तिव्र पारिएको निर्माता तथा निर्देशक सविर श्रेष्ठले बताए ।आइतबार बिहान हामी राजधानीका दुई वटा कलेजमा पुग्यौं, सविरले भने, सोमबारसम्म दर्जन बढी कलेजमा पुग्ने लक्ष्य छ । नायक आर्यन अधिकारी, नायिका सृष्टि, निर्देशक सविर श्रेष्ठ, नव नायक किशोर खड्का र फिल्मका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो । 

ती कलेजका विद्याथीहरु माझ आर्यन र सृष्टिले बाँध मायाले बारे केही कुरा राखे । विद्यार्थीहरुले फिल्मप्रति चासो राखेर प्रश्न गरेको सविरले बताए । आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भइ अटोग्राफ समेत लिएको उनको भनाई छ । लभ स्टोरी फिल्म बाँध मायाले मा आर्यन र सृष्टि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्म असोज ५ गतेबाट प्रदर्शनमा आउँदैछ । दर्शकलाई मन पर्ने फिल्म बनाएको सविर बताउँछन् । 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस