Tuesday, 26 Oct
01:00:00

भुवन केसीको आज जन्मदिन, ६४ वर्ष लागे सदाबहार अभिनेता

2018/09/16   मनोज

गफगाफ - चलचित्र क्षेत्रका सुपरस्टार अभिनेता भुवन केसीको भाद्र ३१ गते अर्थात आज जन्मदिन परेको छ । भुवन केसी नेपाली चलचित्र क्षेत्रमा लामो समय रहेर पनि सफल अभिनेता हुन् । उनीनायकका रुपमा हुँदा होस् या निर्माताका रुपमा, उत्तिकै सफल छन् । उनको चलचित्र क्षेत्रको यात्रा नेपाली कथानक चलचित्र जुनि बाट भएको थियो । वि सं २०३९ मा बनेको उक्त चलचित्रले भुवनलाई खासै साथ दिन सकेन । त्यसपछि उनले २०४० मा नेपाली कथानक चलचित्र सम्झनामा अभिनय गर्ने अवसर पाए । सम्झनाले भने दर्शकको मन जित्न सफल भएको थियो । चलचित्र सम्झना नै उनको जिवनको टर्निङपोइन्ट बनेको थियो । 

त्यसयता उनले करिब १सयभन्दा धेरै चलचित्रमा काम गरिसकेका छन् । चर्चित अभिनेता केसी बेलाबखत विभिन्न महिलाका कारण विवादित बन्ने गरेका छन् । दुई श्रीमतीका पति भुवनको जीवनमा थुप्रै युवतीको नाम जोडिने गरेको छ । यतिबेला भने भुवनको साथमा जिया केसीको नाम जोडिने गरेको छ । केही वर्षदेखि उनीहरु एकसाथ बसिरहेका छन् ।पछिल्ला केही वर्षदेखि उनी आफ्नै छोरा अनमोल केसीलाई नायकका रुपमा लिएर चलचित्र निर्माण गर्दै आइरहेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘ड्रिम्स’ हो । उनले निर्माण गरेको चलचित्र ‘क्याप्टेन’को फस्ट पोष्टर केही समयअघि मात्र  सार्वजनिक भएको थियो ।‘क्याप्टेन’को मुख्य भुमिकामा पनि उनका छोरा अनमोलले नै अभिनय गरेका छन् । 

६४ वर्षका भुवन केसीको सुन्दरतामाअझै पनि कुनै कमी आएको छैन । त्यसैले उनलाई नेपाली फिल्म क्षेत्रका सदाबहार सुन्दर अभिनेतासमेत भन्ने गरिएको छ । अनमोलकी आमा अर्थात भुवनकी पूर्वपत्नी सुस्मिता बम्जनले विदेशी नागरिकसँग टिकाटालो गरेको खबरले यतिबेला चलचित्र बजार नै तातिएको छ ।
 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस