तेश्रो एलजी सिने सर्कल अवार्ड सम्पन्न

2018/09/17   मनोज

गफगाफ - तेश्रो एलजी सिने सर्कल अवार्ड सम्पन्न भएको छ । अर्वाडमा नेपाली कथानक चलचित्र ‘तिमी सँग’ उत्कृष्ठ चलचित्र बनेको छ । अर्वाड कार्यक्रममा नवराज बुढाथोकीले उत्कृष्ठ निर्देशकको अर्वाड प्राप्त गरेका छन् । उनले नेपाली चलचित्र ‘भुइँमान्छे’ बाट उत्कृष्ठ निर्देशकको अर्वाड प्राप्त गरेका हुन् । नायकतर्फ नाजिर हुसेनले (तिमी सँग) र नायिकातर्फ नीता ढुंगाना (पञ्चायत) उत्कृष्ठ ठहरिएका थिए । 
नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’ बाट नायक पुष्प खड्कालाई क्रिटिक्स अवार्ड प्रदान गरिएको छ । यस्तै सो सामारोहमा प्रदीप खड्काले पपुलर नायकको अवार्ड प्राप्त गरेका छन्  । पपुलर नायिकाको अवार्ड भने नायिका प्रियंका कार्कीले प्रप्त गरिन । अवार्ड समारोहमा बरिष्ठ कलाकार किशोर रानालाई लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । रानालाई ५१ हजार नगद राशी सहित ‘लिजेण्ड्री सम्मान’  प्रदान गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथीका रुपमा उपराष्ट्रपति नन्दबहादुर पुनःको उपस्थिती रहेको थियो । यस्तै अर्वाड कार्यक्रमकै निम्ति भनेर बलिउड स्टार गोविन्दा आहुजाको समेत विशेष उपस्थिती रहेको थियो । बलिउड स्टारको उपस्थितीले कार्यक्रको माहोल तातिएको थियो ।


तेश्रो एलजी सिने सर्कल अवार्ड २०७५ का विजेताहरु यस प्रकार छन् 

लाइफटाइम एचिभमेन्ट अवार्डः किशोर राना

पोस्टर अफ दि इयर: शत्रुगते, सान थापा-विजय वश्याल
ट्रेलर अफ दि इयर: सुरेन्द्र पौडेल, कृ
स्टण्ट अफ दि इयर: पिँजडा ब्याक अगेन, सिम्पसन तामाङ
पपुलर गीत अफ दि इयर: कुटुमा कुटु, ‘दुई रुपैयाँ’
भिएफएक्स अफ दि इयर: माओत्सु मुकामी, माइलभ
कम्मेन्डेवल फिल्म अफ दि इयर: पन्चायत
पपुलर एक्टर अफ दि इयर: प्रदिप खड्का
पपुलर एक्ट्रेस अफ दि इयर: प्रियंका कार्की
व्याकग्राउण्ड स्कोर अफ दि इयर: एलिश कार्की
एडिटर अफ दि इयर: मित्र डि गुरुङ, शत्रुगते
स्क्रिनप्ले अफ दि इयर: तिमीसँग
सिनेमाटोग्राफर अफ दि इयर: भुइँमान्छे, बिदुर पाण्डे
एक्सन डिरेक्टर अफ दि इयर: चन्द्र पन्त, कृ
कोरियोग्राफर अफ दि इयर: कविराज गहतराज, कुटुमा कुटु
प्लेब्याक सिंगर अफ दि इयर ‘मेल’: सुगम पोखरेल, भन्छु आज
प्लेब्याक सिंगर अफ दि इयर ‘फिमेल’: मेलिना राई, कुटुमा कुटु
अन स्क्रिन कपल अफ दि इयर: रमेश उप्रेती र दीपिका प्रसाईं
म्युजिक डिरेक्टर अफ दि इयर: अर्जुन पोखरेल, भन्छु आज
एक्ट्रेस अफ दि इयर: नीता ढुङ्गाना, पञ्चायत
एक्टर अफ दि इयर: नाजिर हुसेन, तिमी सँग
डिरेक्टर अफ दि इयर: नवराज बुढाथोकी, भुइँमान्छे
फिल्म अफ दि इयर:  तिमी सँग
क्रीटिक्स अवार्ड: पुष्पल खड्का
 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस