’द भ्वाईस अफ नेपाल’ बाट बाहिरिदा डिप्रेसनमा नै परेको थिएँ 

नेपाली गीत संगीत क्षेत्रमा पछिल्लो समय भित्रिदै गरेको नयाँ म्युजिक रियालिटी शो हरुले ले गर्दा युबा पुस्तामा गीत(संगीतको चासो अझ बढ्दै गएको छ । नेपालमा पछिल्लो समय म्युजिक रियालिटी शो को लोकप्रियता बढी रहेको छ । अन्तराष्ट्रिय स्तरका म्युजिक रियालिटी शो हरु नेपालमा भित्रिरहेको हुदा पनि गीत संथीत प्रतिको मोह बढ्दै गइरहे छ । द भ्वाइस अफ नेपाल नामक अन्तराष्ट्रिय स्तरको म्युजिक रियालिटी शो पनि यसै बर्षबाट नेपालमा भित्रिएको छ । र पछिल्लो समय यस्को चर्चा निकै हुने गरेको छ । यो रियालिटी सो हल्याण्डबाट सुरु भएको हो । विभिन्न देशमा सफलता प्राप्त गरे सगै नेपालमा पनि ’द भ्वाईस अफ नेपाल’ को रुपमा उक्त म्युजिक रियालिटी शो को सुरुवात भएको हो ।

प्रतियोगितामा निकै लामो समय देखि संगीतमा कर्म खोजिरहेका प्रतिष्पर्धीदेखि लिएर संगीतमा भबिष्य खोज्ने पुस्ताले समेत सहभागिता जनाई रहेका छन् । यस सो लामो समय देखि संगीत क्षेत्रमा लागिरहेका धेरै युवाहरु असफल साबित भएका छन् । र आज हामी एक जना त्यस्ता व्यक्तिको चर्चा गर्दै छौ जो लामो समय देखि सांगीतक क्षेत्रमा छन । तर उनलाइ ’द भ्वाईसले भने पत्याउन सकेन ।

 कमल किरन एक दशक भन्दा बढी समयदेखि गीतसंगीतमा निरन्तर लागिरहेका छन् । तर उनि ’द भ्वाईस अफ नेपाल’मा पहिलो चरणबाट नै बाहिरिन पुगे । लोक गीत संगीत क्षेत्रमा आफ्नो पहिचान बनाई सकेकी स्वर्गीय लोक तथा दोहोरी गायिका मन्जु महतका पति समेत रहेका कमल किरण सँग हामीले उनको ’द भ्वाईस अफ नेपाल’ सगै उनको संगीत यात्राको बिषयमा कुराकानी गरेका छौँ । 

  •  तपाँई आफै राम्रो गायक ’द भ्वाईस अफ नेपाल’ जाने सोच काहा बाट आयो ?

 होइन सुरुमा मलाई त ’द भ्वाईस अफ नेपाल’ नेपालमा आउदै छ भन्ने पनि थाहा पनि थिएन, एक ठाउँमा गीतको प्रमोशनका क्रममा जाँदा साथीहरुले जानुस राम्रो हुन्छ तपाईहरु जस्तालाई झन् प्लस हुन्छ भनेर भन्नु भएकाले गएको हुँ ।

  •  ’द भ्वाईस अफ नेपाल’ को यात्रा कस्तो रह्यो अलिकति बताईदिनुस न ?

मैले डिजिटल अडिसन राउण्डमा ’हु यात्री एउटा’ बोलको गीत गाएर देश भरिका १०० जना भित्र परेको थिए । त्यसपछि हामीलाई २( ३ ओटा गीत दिनुभएको थियो, जसमध्ये मैले ’अब यो बाटो’ गाएको हुँ । तर मैले त्यस गीत बाट भने कोचको मन जित्न सकिन सायद म मा अझै निखारता आवस्यक छ भन्ने लागेको छ । र त्यसलाई एउटा खुटेकिलो सम्झेर अघि बढ्ने छु ।

  •  तपाई छनोट हुनुभएन, त्यो क्षण कस्तो भयो ?

एकदमै धेरै अभ्यास त गरेको थिए, , तरपनि कहिँ कतै गल्ति भैहाल्छ नि । तरपनि मैले राम्रै गाएको थिए जस्तो लागेको थियो । सायद कोचहरु साना कुरा हरुलाई नै महत्वका साथ हेर्नुहुदो रहेछ । 

  • कोचहरु प्रति तपाईको गुनासो हो ?  

मैले गाएको जति नै गाउँदा छानिएका पनि देखि राखेको छु । सायद म बाट चाहि कोचहरुले अझ बढी खोज्नु भएको थियो कि ? तर मलाई चाहि १० बर्ष भन्दा बढी संगीत कर्ममा लागिरहेको मान्छे राम्रै गाएको जस्तो लागेको थियो । तर आफु  बाहिरिनु पर्दा केहि कोचहरु प्रति गुनासो भने पक्कै छ । म बाहिरिनुको कारण मेरो भाग्यले पनि हुन सक्छ  यसको मतलव मैल कोच हरु गलत भने भन्न खोजेको हैन । तर धेरै गिडा हुदो रहेछ । ’द भ्वाईस अफ नेपाल’ बाट बाहिरिएपछि म त डिप्रेसनमा नै परेको थिए । 


बाँकी भिडियो हेर्नुस   
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस