क्यान्डीक्रस १६ सय लेभलका खेलाडी हुन् राजा राजेन्द्र

गफगाफ -  समय र प्रतिभाले जन्माएका युवा हास्य व्यंग्यकार राजा राजेन्द्र पोखरेलको आज जन्मिदिन हो । स्टेज कार्यक्रमबाट हँसाउन थालेका उनी रेडियो अडियोमा कार्यक्रम निमार्ता बने । टेलिभिजनमा कार्यक्रम चलाए । गित गाए । देश घुमे । बिदेशमा पुगे । संजोग मान्नु पर्छ , आज जन्मदिनको दिन उनी पोखरामा एउटा सिनेमाको छायंकनमा व्यस्त छन् । उनै व्यस्त , मस्त र सन्तुष्ठ नेपाली प्रतिभा राजा राजेन्द्रको नालिबेली पल्टाउँदैछौं । 

अहिलेका चल्तिका हास्य व्यंग्यका क्षेत्रमा परिचित नाम हो राजा राजेन्द्र पोखरेल । गायन,रेडियो कार्यक्रम, स्ट्न्डप कमेडी,गाइजात्रा तथा अन्य विभिन्न कार्यक्रहरुको सञ्चालन हुदै अब भने उनले चलचित्रमा समेत अभिनय गर्ने भएका छन् । उनले अभिनय गर्न लागेको चलचित्र हो शुभलव । चलचित्रका निर्माता धर्म सुवेदि र सन्तोष लोहोनी हुन् । हास्य व्यंग्यका एक ताराका रुपमा उदाएका राजा राजेन्द्र पोखरेल चलचित्रका लागि डेव्यु गर्न लागेका हुन ।

पाँचथर जिल्लाको ओयाममा उनी वि स २०४३ जन्मिए । पिता डिल्लीराम पोखरेल र माता भद्रमाया पोखरेलका कान्छा सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला टेकेका हुन् । सानै देखि पढाइमा तेजिला उनी बक्तित्व कलामा पनि तिक्ष्ण थिए । ज्ञानी थिए । ईमान्दार र जेहेन्दार थिए त्यसैले उनी धेरैको प्यारो बनेका थिए । पाँचथरमा जन्मिएको भए पनि उनले एस एल सी दिन भने झापा पुगे । समय र परिस्थितीले उनलाई झापा झार्यो र झापा जिल्लाको दुर्गापुर स्थित भृकुटी माध्यामिक विद्यालय बाट एस एल सी भए । २०५८ सालमा उनले ७६ प्रतिशत अंकका साथ एस एल सी उत्तिर्ण गरका थिए । 
राजनितीका क्षेत्रमा चासो र चिन्ता व्यक्त गरिरहने राजा राजेन्द्र खेलका क्षेत्रमा पनि उत्तिकै चासो चाख्ने गर्छन । राजा राजेन्द्रसँग झण्डै एक दशक बिताएका रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनिया भन्छन् राजा राजेन्द्र श्रम र सृजनाको संगम हुन् । उनको हार्ने स्वभाव छैन,त्यसैले पनि उनि पछिल्लो समयका अपडेटेड हास्य कलाकार हुन् । क्यारिकेचर भन्दा पनि विशिष्ठ प्रकारको विषय वस्तुमा बिलक्षण प्रतिभा भएका व्यक्तित्व हुन । आफुलाई कला र गालाका क्षेत्रमा इमान्दारी व्यक्तित्वका रुपमा चिनाइसकेका राजा राजेन्द्र पोखरेल २०६४ सालको अवधीमा शिक्षण पेशामा समेत आवद्ध भएका थिए । आवश्यकता र समयले जता लगे पनि राजा राजेन्द्रले हाँस्य व्यग्यको मुल बाटोलाई बिर्सिएका छैनन् । उनलाई नजिकबाट चिन्नेहरुले बेला बेलामा सार्वजनिक रुपमै भन्छन् ।


दिपाश्री निरौला भन्छिन राजा राजेन्द्र भए पछि स्टेजमा कार्यक्रमका निम्ति आयोजकलाई कुनै तनाव हुदैन । गाइजात्रा कार्यक्रम होस या अरु कुनै कार्यक्रम । उनि हास्य व्यंग्यका  क्षेत्रको फरक धारको नेतृत्व गर्ने सक्ने क्षमता भएका व्यक्तित्व हुन् जीतु नेपालको बुझाईमा राजा राजेन्द्र बहुमुखी प्रतिभाका धनि हुन् । स्टेज कार्यक्रमका निम्ति एक कम्लिट प्याकेज हुन् ।
बद्रि पंगेनी भन्छन् सबै प्रकारका लोक गीत संगीतमा दख्खल राख्न सक्ने व्यक्तित्व हुन राजा राजेन्द्र पोखरेल । उनिमा सहज भाषामा सबैले बुझ्ने गरी गम्भिर विषयवस्तु उठान गर्न सक्ने क्षमता छ ।
आज असोज २ गते जन्म दिन मनाई रहेका राजा राजेन्दले काठमाण्डौको रत्न राज्य क्याम्पसबाट अंग्रेजी विषयमा डिग्री हासील गरिसकेका छन् । उनि गीत संगीतमा पनि उत्तिकै रुचि राख्छन् । ललितकला क्याम्पसबाट संगीतमा आइ एफ ए तह उत्तिर्ण गरेका गरेका राजा राजेन्द्रलाइै गीत संगीतका क्षेत्रमा समेत उत्ति रुचि छ । उनि गीत देख्ने तथा संगीत गर्ने त गर्छन नै गाउने कला समेत उनमा भरपुर छ । उनले २ वटा सोलो एल्वम तथा ५ वटा कलेक्सन एल्वममा स्वर दिइ सकेका छन् । राजु बाबु श्रेष्ठको रचना, राजनराज सिवाकोटीको संगीत र उनै हास्य व्यंग्यकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको लाइदेउ न पिरतीको चस्मा पियारी बोलको गीत युवा पुस्तामा निकै रुचाइएको गीत हो । उनि विभिन्न स्टेज कार्यक्रहरु सञ्चालन गर्नका निम्ति निकै माहिर मानिन्छन् । हास्य व्यग्ंयका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडियो अडियोको स्थापना काल देखि नै उनि विभिन्न हास्य व्यंग्य कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।


स्टेन्डप कमेडी का साथै हास्य व्यग्य कार्यक्र सञ्चालन गर्दै उनले नेपालका करिव ६६ जिल्लाको भ्रमण गरिसकेका छन् । उनले करिव दर्जन भन्दा धेरै देशको भ्रमण समेत गरिसकेका छन् । जब उनले कुनै पनि स्थानमा गएर कार्यक्रम सञ्चालन गर्छन । त्यस पश्चात भने आयोजकले हरेक कार्यक्रममा उनकै खोजी गर्ने गरेका छन् । विभिन्न कार्यक्रमहरुका निम्ति देश विदेश गरिरहनु पर्ने भएका कारण उनि कन्टेन्ट हरुमा अपडेट रहने गर्छन । सानो कुरालाई पनि हास्य व्यंंंग्यका रुपमा प्रस्तुत गर्न सक्ने कला भएका कारण उनि युवापुस्तामा निकै परिचित मानिन्छन् । उनले नेपाली नेताहरुको करिव १६ वटा सेटहरु बनाएर क्यारिकेचर गरिसकेका छन् । उनलाई मानसीक संघर्षका अथक योद्धाका रुपमा लिइन्छ । साथी संजालमा उत्कृष्ट सम्वन्ध निर्माण गर्न सफल रहेका कारण पनि साथीसंगीका नजरमा कुसल र क्षेमतावान व्यक्तित्वको परिचय दिन सफल छन् उनि । त्यसैले पनि उनलाइ पछिल्लो सय हास्य व्यंग्यका चम्किला ताराका रुपमा हेर्ने गरिएको छ । 
राजा राजेन्द्र यति बेला उनको डेव्यु चलचित्र  शुभलवको सुटिङमा व्यस्त छन । यति बेला पोखरामा चलचित्र शुभलवको छायंकन भइरहेको छ । धर्म सुवेदि र प्रदिप कुमार उदयको निर्माणमा बन्न लागेको चलचित्र शुभलव लाई सन्तोष बाबु लोहोनीले निर्देशन गर्दै छन् । हरिहर अधिकारीको लेखन रहेको उक्त चलचित्रमा राजा राजेन्द्र पनि मुख्य पात्रका रुपमा काम गर्दै छन् । चलचित्रको छायंकन काठमाण्डौ,पोखरा, लुम्विनी लगायतका स्थानहरुमा हुने छ ।

खेलमा रुचि छ राजा राजेन्द्रको 
विशेष त नेपालले खल्ने हरेक अन्तराष्टिय खेल हरु नछुटाई हेर्ने गर्छन उनि । जब नेपाली खेल सग जोडिएको कुरा आउछ उनि त्यस्ता कुरामा निकै चाख दिने गर्छन । रमाइलो कुरा त के छ भने उनि पछिल्लो समय मोवाईलमा युवाहरुको रोजाइमा पर्ने खेल क्यान्डीक्रस समेत खेल्छन् । उनि रमाइलो गर्दै भन्ने गर्छन अहिले म क्यान्डीक्रसको १६ सय लेभलको खेल खेलीरहेको छु । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस