gufgaf

चलचित्र धूम ३ लाई सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट

2018/09/18   मनोज
   

 गफगाफ - नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको चलचित्र धूम ३ ले पिजी सर्टिफिकेट पाएको छ । आउँदो शुक्रबार देखि अल नेपाल रिलिजको तयारीमा रहेको यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको हो । जसले गर्दा १६ वर्ष मुनिका दर्शकहरुले यो चलचित्र हेर्न जाँदा अभिभावक सहित जानु पर्ने भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र धूम ३ को प्रस्तुतकर्तामा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् भने टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन एवम जय किशन बस्नेत र शिव बि.क.को नृत्य निर्देशन रहेको छ ।

हजारौंको संख्यामा ट्रोलहरु बनाएर सामाजिक सञ्जालहरुमा ब्यापक चर्चा बटुलि रहेको यस चलचित्रमा जयक किशन बस्नेत सहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम के.सी., सपना श्रेष्ठ, सुरबिर पण्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र धूम २ ले समेत सोचेको भन्दा राम्रो ब्यापार गरेकोले धूम ३ बाट अझ धेरै आशावादी भएको नायक तथा निर्देशक बस्नेतले बताएका छन् । "काल्पनिक नाटकीय ढर्रा भन्दा पनि मानवीय जिवनका यथार्थ दैनिकीमा आधारित रहेर चलचित्रको निर्माण गरिएकोले गर्दा पनि आम दर्शकहरुले चलचित्रलाई माया गर्नु हुनेछ'- उनको भनाई रहेको छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस