Tuesday, 26 Oct
01:00:00

अमेरिकामा मदनकृष्णको डेट, यस्ता देखिए हरिवंशका नाति

2018/09/11   Tek

बरिष्ठ हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ यतिबेला अमेरिकामा छन् । दुई साताअघि मात्रै अमेरिका उडेका मदन अमेरिकामा छोरी सरानासँग क्वालिटी टाईम बिताईरहेका छन् । बुवासँग विशेष समय बिताएका केही तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै सराना श्रेष्ठले बाबु छोरीको डेट भनेर क्याप्सन लेखेकी छिन् । तस्बिरमा मदन खुशी देखिएका छन् ।

Image may contain: 1 person, drink and indoor
श्रीमती यशोदाको निधन पछि मदन कृष्ण केही समय नेपालमा बाँकी रहेका कामहरुको लागि अड्किएका थिए । तर यहाँका कामहरु सकाएपछि उनी अमेरिका पुगे जहाँ उनले अहिले छोरीसँग विशेष समय बिताईरहेका छन् ।

Image may contain: 2 people, people standing, tree, shoes, outdoor and nature
खासमा मदन आफ्नो आत्मकथा ‘महको म’ को अन्तरक्रिया कार्यक्रमको लागि अमेरिका उडेका हुन् । अगस्ट ४ मा वासिङटन डिसीमा अन्तरक्रिया कार्यक्रम राखिएको छ । यस कार्यक्रममा सहभागी भएर मदन ७ अगस्टमा नेपाल फर्किने छन् ।

मदनको अमेरिकी बसाईको यसै प्रसंगमा फेरि पनि अमेरिकाकै प्रसंग ।
उता अमेरिकाबाटै हाँस्य कलाकार हरिवंश आचार्यका नातीको नयाँ लुक्स सार्वजनिक भएको छ । हरिवंशकी जेठी बुहारी जोई लुवीकीले छोरासँगको एक तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् जसमा त्रिलोकका छोरा निकै नै क्युट देखिएका छन् ।


जानकारी रहोस् हरिवंशका जेठा छोरा त्रिलोकले दुई वर्ष अगाडि मात्रै अमेरिकाकै जोई लुवीकीसँग विवाह गरेका थिए ।
विवाहको दुई वर्षमा उनले गत बैशाखमा मात्रै पहिलो सन्तान सुख प्राप्त गरेका थिए । नाति जन्मेको खुशीमा हरिवंश र उनकी श्रीमती रमिला केही समय अघि अमेरिका पुगेका थिए । अमेरिकामा केही साता बसेर आचार्य दम्पति केही दिन अघि मात्रै नेपाल फर्किएको हो ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस