Tuesday, 26 Oct
01:00:00

निराजन र प्रविशाको बिस्तारै बिस्तारैु गीत रिलीज[ भिडियो]

2018/09/19   मनोज

गफगाफ - गायक निराजन कँडेल र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको आधुनिक गीत ुबिस्तारै बिस्तारैुको भिडियो रिलीज भएको छ । भिडियोमा सागर थापा र स्वाती श्रेष्ठको अभिनय रहेको छ । प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतको भिडियोले बालापान देखि नै प्रेमलाई दर्शाएको छ । बाल्यकालमा अनायासै टाढिएको प्रेम किशोरावस्थामा पुनस् प्राप्त हुनु नै भिडियोको मूख्य कथा रहेको छ । गीतले प्रेमी(प्रेमीका एक आपसमा गहिरो प्रेममा रहेको भान दिन्छ ।

भिडियोको निर्देशन गणेश शाहीले गरेका छन्, जसले दर्जनौँ नेपाली चलचित्रमा सह(निर्देशनको भूमिका सम्हालिसकेका छन् । आफुले चलचित्रबाट सिकेको ज्ञानलाई भिडियोमा उतार्ने कोशिस गरेको बताए ।गायक निराजन कँडेलले आफ्ना सबै गीतहरुमध्ये बढि आशा गरेको गीत ुबिस्तारै बिस्तारैु रहेको बताए । गायिका प्रविशा अधिकारीले आफुले यो गीतलाई आँफैले मात्रै पनि गाएको र त्यो पछि आउने बताईन् । आफुलाई अत्याधिक मन परेपछि आफ्नै मात्र स्वरमा रेकर्ड गर्ने इच्छा जागेको अधिकारीले बताईन् ।

भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादन रहेको छ । भने ड्रोन अपरेटर प्रविन राई हुन् । निरा कँडेल, जानकी देवी कँडेल र जोफ्रे मिरेन्जी निर्माता रहेको भिडियोमा बाल कलाकारको रुपमा शाश्वत र अनुश्रेया छन् भने राजेश बिशुराल र स्विक्षा राज बिशुरालको पनि अभिनय रहेको छ ।


ताजा समाचार

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

बलिवु पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

राष्ट्रियता र दायित्वलाई प्रस्ट्याउने जानी नजानी —पम्फा भुषाल

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषालले फिल्म जानी नज पुरा पढ्नुहोस

भ्रष्टाचार बिरुद्धको चित्रकला प्रदर्शनी सम्पन्न

गफगाफ - भ्रष्टाचार बिरुद्ध जनचेतना र सुशासनका लागि ट्रान पुरा पढ्नुहोस

लभ स्टेशन नेपाल सँगै अष्ट्रेलियामा पनि

गफगाफ - अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभि पुरा पढ्नुहोस