> Gufgaf.com

रेडियो अडियो

सुनिल गुरुङको ‘द गिफ्ट’ को मुल्य ३ लाख  

2018/09/19   मनोज

गफगाफ - पछिल्लो समय निर्मण हुने गरेका नेपाली चलचित्रहरु कथाकै कारण असफल साबित हुने गरेका छन् । चलचित्रलाई दर्शकको माया पाउनका निम्ति स्टार कलाकरहरुलाई खेलाउने बित्तिकै चलचित्र सफल हुन्छ मन्ने मान्यताको विकास हुदै गएको देखिन्छ चलचित्र नगरीमा । तर त्यस्ता धेरै उदाहरण प्रस्तुत भइसकेका छन की चलचित्रको कथा आकर्षक हुन सकेन भने जति नै लगानी गरेर स्टार कलाकार राखे पनि चलचित्र सफल हुन सक्दैन । यसै बिच नेपाली चलचित्रहरुको कथाको अभाब र कमजोरी देखिदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै काठमाण्डौमा स्क्रिप्ट लेखन प्रतियोगीता सम्पन्न गरिएको छ । प्रतियोगिताको तेस्रो संस्करणको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच विजेता घोषणा गरिएको छ ।

‘द गिफ्ट’ नामक कथा लेखेका सुनिल गुरुङक उत्कृष्ट घोषित भएका हुन् । उनि द्धारा लिखित कथा‘द गिफ्ट’ उत्कृष्ट भए सगै उनले पुरस्कार स्वरुप नगद रु ३ लाख प्राप्त गरे । द्वन्द्वकालको समयमा आर्मी बन्ने सपना बुनेका एक युवक र नर्स बन्ने लक्ष्य लिएकी एक युवतीको प्रेमकथा उनले स्क्रिप्टमा उतारेका छन् । १ सय ५० स्क्रिप्टबाट उत्कृष्ट ३० स्क्रिप्ट दोस्रो चरणका लागि छनौट गरिएको थियो । जसमध्ये टप तीनमा ‘द गिफ्ट’ सँगै रियाज नत्तकको ‘मी र म’ र विपिन भुजेलको ‘अल वान आउट’ परेका थिए । ‘स्टोरी’ पक्षलाई बलियो तुल्याउन मनोज अधिकारीको टिमले सन् २०१२ बाट ’स्क्रिप्ट राइटिङ प्रतियोगिता’ सुरु गरेको थियो । १ सय ५० स्क्रिप्ट प्रतियोगितामा सहभागी भएपनि भएका थिए । विजेता घोषणा भएपछि सुनिल भावुक भएका थिए । उनले आफूले अहिलेसम्मकै सबैभन्दा ठूलो जीत हासिल गरेको बताए । 
 


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस