Tuesday, 26 Oct
01:00:00

घोडामा चढेर मेरी बास्सैमा फर्किईन् मैयाँ

2018/09/19   Gufgaf

टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाकी बुढी अर्थात मैयाँको कमब्याक भएको छ । मेरी बास्सैको शुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको 'मेरी बास्सै'देखि कमब्याक गरेकी हुन् । 

उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताईन् । बीचमा मेरी बास्सै विशेष कारणबस बन्द भएको थियो ।  पछि मेरी बास्सै फेरि शुरु भयो तर मैयाँ भने मेरी बास्सैमा भईनन् । माग्ने बुढा नभएका उनी मेरी बास्सैमा थिईनन् । 
 'मेरी बास्सै'मा काम नगर्दा उनले अर्को चर्चित सिरियल जिरे खुर्सानीमा दाल चिनीको भूमिका निर्वाह गरेकी थिईन् । 

तर दर्शकले उनलाई यो भूमिकामा त्यति रुचएनन् । कारण थियो उनको आधुनिक भूमिका । जिरे खुर्सानीमा दाल चिनी यस्तो पात्र थिईन् जसले सुख सयलको जिन्दगी चाहन्छे । र आफ्नो श्रीमान्लाई दलाउन खोज्थे । यहि कारण उनको यो भूमिका दर्शकले रुचाएनन् । तर उनको अभिनयको तारिफ हुन भने कहिल्यै पनि छोडेन ।

यता उनले निर्वाह गरेको मेरी बास्सैको मैयाँलाई र्दशले फेरि हेर्न चाहिरहेका थिए । सुनिताको करिअरमा पनि मैयाँलाई जति माया अरु क्यारेक्टरलाई मिलेको छैन । 
यहि कारण पनि उनी फेरि त्यहि पात्रको रुपमा मेरी बास्सैमा कमब्याक गरेकी हुन् । 

मेरी बास्सैमा फेरि काम गर्न शुरु गरेकी सुनिता यता जिरे खुर्सानी फेरि शुरु भयो भने यता पनि काम गर्ने मुडमा छिन् । दर्शकले चाहे र खोजेसम्म आफूले अभिनय गरिरहने उनी बताउँछिन् ।  
यो साताको मेरी बास्सैमा उनको प्रवेश विशेष बनाईएको छ । उनको प्रवेश घोडामा चढेर भएको देख्न सकिन्छ । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस