कालिका म्युजिक अवार्डको मनोनयन सार्वजनिक

गफगाफ -  मोफसल कै उत्कृष्ट मानिने कालिका म्युजिक अवार्डको मनोनयन मंगलबार सार्वजनिक भएको छ । कालिका मिडियाले आफनो १६ औं वार्षिकोत्सवको अवसरमा म्युजिक अर्वाड गर्न लागेको हो । यस मिडियाले विगत १४ वर्ष देखि कालिका म्युजिक अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ । विगत १ वर्ष देखि विभिन्न माध्यमबाट चर्चित रहेका नेपाली गित, संगित, रचना र म्युजिक भिडियोको विभिन्न समुह बनाइएको छ । जम्मा ३० विधामा उत्कृष्ट ५ –५ जनाको मनोनयन सार्वजानिक गरिएको हो । यस्तै लामो समय देखि गिती रचनामा उल्लेखनिय योगदान पुर्याउनु भएका वरिष्ठ रचनाकार किरण खरेललाई यसवर्षको कालिका लाइफ टाइम एचिभमेन्ट अवार्ड वाट सम्मान गरिने भएको बताइएको छ ।

वर्ष भरि मा बजारमा आएका गित, संगित र रचनाहरुलाई यसै क्षेत्रका विज्ञहरुको सल्लाह अनुसार छनोट गरिएको हो । त्यस सगै आम सर्वसाधारणको मतको आधारमा पनि उत्कृष्ट १ –१ जनालाई यो अवार्ड प्रदान गरिने बताइएको छ । सार्वजानिक गरिएका सम्पुर्ण विधाको निम्ति एसएमएस समेत खुल्ला भइसकेको आयोजकले गफगाफलाइ बताए । गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा भएको नोमिनेसन सार्वजानिक कार्यक्रममा कला क्षेत्रका चर्चित श्रष्टाहरुको समेत उपस्थिती रहेको थियो । आधुनिक तर्फ उत्कृष्ट पुरुष गायक , गायिका, संगित संयोजन, शब्द गरि ४ विधा रहेका छन् । यस्तै नेपाली चलचित्रतर्फ उत्कृष्ट नेपाली चलचित्र गायक, गायिका, संगित संयोजन,शब्द रहेका छन् । यस्तै राष्ट्रिय नेपाली पप तर्फ उत्कृष्ट स्वर प्रस्तुतकर्ता पुरुष, महिला, उत्कृष्ट पप संगित संयोजन, शब्द र ब्याण्डलाई अवार्ड प्रदान गरिने छ ।

लोक दाहोरीतर्फ उत्कृष्ट राष्ट्रिय लोक दोहोरी गायक, गायिका, लोक दोहोरी धुन, शब्द र स्थानिय लोक दोहोरी कलाकार र मध्य नेपाल उत्कृष्ट गायकलाई अवार्ड प्रदान गरिने छ । यी विधाहरुको साथै सर्वोत्कृष्ट संगित संयोजक, गित, वर्षको उत्कृष्ट नव प्रवेशी गित, युगल गित, स्वदेश गान , गजल र वर्षको सर्वाेत्कृष्ट गित साथै म्युजिक भिडियोतर्फ उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट भिडियो , छायांङकन, भिडियो नायक र नायिका विद्याको मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन बाट उत्कृष्ट हुने सर्जकलाई अर्वाड भने आगामी असोज २६ गते प्रदान गरिने बुझिएको छ । अवार्ड कार्यक्रम नारायणी कला मन्दिरमा सम्पन्न गरिने बताइएको छ ।
 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस