Tuesday, 26 Oct
01:00:00

विकिनीमा विन्दास प्रियंका

2018/09/19   Gufgaf

अभिनेत्री प्रियंका कार्कीको ध्यान पछिल्लो समय फिगर मेन्टेनमा गएको देखिन्छ । पछिल्लो समय उनले सामाजिक सञ्जालमा सेयर गरेका केही विकिनी तस्बिरहरु यसका प्रमाण हुन् ।

प्रियंकाले आफ्नो फिगरलाई जिरो फिगरमा परिणत गरिसकेकी छिन् भन्दा फरक नपर्ला । किनभने  उनको शरीर पहिले भन्दा दुब्लो भएको छ । उमेर ढल्किँदै गएका कारण पनि उनले फिगर मेन्टेनमा बढी ध्यान दिएको हुनसक्छ । शरीर मेन्टेन भएसँगै उनले आफूलाई विकिनीमा प्रस्तुत गर्न थालेकी छिन् । 

प्रियंकाले सामाजिक सञ्जालमा यसरी विकिनी तस्बिरहरु सेयर गरिरहँदा केहीले उनले अरुको ध्यान खिच्नका लागि यस्ता तस्बिरहरु सेयर गरेको टिप्पणी गरेका छन् । केहीले भने प्रियंकालाई सायद कुनै सिनेमामा विकिनी बडी शो गर्न मन लागेको अड्कल पनि काटिरहेका छन् । 
हुनपनि प्रियंकाले कुनै सिनेमाकै लागि यो फिगर तयार पारेर शो गरेकी पनि हुन सक्छिन् ।  

 

प्रियंका कार्की यस्ती अभिनेत्री हुन् जसले आफ्नो जीवनका हरेक पलहरुलाई सामिाजक सञ्जालमार्फत सेयर गर्न रुचउँछिन् । विकिनीको प्रसंगमा पनि उनी अन्य अभिनेत्री भन्दा अघि नै देखिन्छिन् ।
अन्य अभिनेत्रीहरु प्राय यसरी विकिनीमा प्रस्तुत हुँदैनन् । यदि स्विमिङ गर्दा भईहाले भनेपनि यसरी तस्बिरहरु सेयर गरेको खासै थाहा पाईदैन । 


तर प्रियंका भने विन्दास छिन् । एकताका उनले हुनेवाला सासु रविना देशराज जोशीसँग सेयर गरेको विकिनी फिगरले पनि खुबै चर्चा बटुल्यो । 
त्यस्तै केही समय अघि अमेरिकामा हुँदा उनले सेयर गरेका केही विकिनी तस्बिरले पनि उनको चर्चा बढेको थियो । प्रियंकाको कामको चर्चा त एकातिर छँदैनै छ अर्कातिर विकिनीले पनि उनको चर्चा बढाईदिएको छ । 


अभिनेता आयुष्मान देशराज जोशीसँग सम्बन्ध जोडिएपछि प्रियंका अझै विन्दास र खुशी देखिँदै आएकी छिन् । उनी आयुष्मानलाई रोज्नु जीवनमा गरेको सबैभन्दा सहि निर्णय भएको बताउँछिन् । सायद यहि कारण हुनसक्छ प्रियंका यसरी विन्दास भएर विकिनीमा प्रस्तुत भईरहनुको पनि । 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस