gufgaf

पोस्टरमा यस्तो देखियो छक्का पञ्जा ३ 

2018/09/19   Gufgaf
   

सिनेमा छक्का पञ्जा ३ को पहिलो पोस्टर सार्वजनिक भएको छ । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत सिनेमाको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाईँ, बुद्धि तामाङलाई फिचर गरिएको छ ।  
पोस्टर सार्वजनिक गरेसँगै निर्देशक दीपाश्री निरौलालो सिनेमाको ट्रेलर सार्वजनिक गर्ने मिति पनि सार्वजनिक गरेकी छिन् । छक्का पञ्जा ३ को ट्रेलर आगामी शनिबार विहान ८ बजे सार्वजनिक हुनेछ । सार्वजनिक पोस्टरलाई टौवा क्रियशनले डिजाईन गरेको हो । 

दशैँको अवसर पारेर प्रदर्शनमा आउने यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईँ,  जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह,  किरण केसी,  शिवहरि पौडेल, जयनन्द लामा, अनुराग क्वँर, शारदा गिरी, संजोग कोईराला, बसन्त भट्ट लगायतका कलाकारको अभियन रहेको छ । आमा सरस्वती मुभिज प्राली तथा आई एम ईको प्रस्तुती ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा  सुमन गिरी भान्जा,  किरण केसी,  शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाईँ, दीपेन्द्र खनिया र केशव न्यौपाने  छन् ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । सिनेमामा विजय बस्याल र सान थापा (टौवा क्रियशन)ले  पब्लिसिटी डिजाईनको काम सम्हालेका छन् भने सिनेमालाई  पुरुषोत्तम प्रधानले छायाकंन गरेका हुन् । अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहने यस सिनेमामा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । सिनेमामा विजय बस्याल र सान थापा (टौवा क्रियशन)ले  पब्लिसिटी डिजाईनको काम सम्हालेका छन् भने सिनेमालाई  पुरुषोत्तम प्रधानले छायाकंन गरेका हुन् ।

 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस