सक्षम डाक्टर नेपाल मै छन – मदनकृष्ण श्रेष्ठ

गफगाफ - वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ बिगत केहि समय देखि अस्पतालमा थिए । करिव ४ वर्ष अघि उनको पार्किनसन्सको अप्रेसन गरिएको थियो । ठिक त्यहि रोग पुन देखिए पछि उनको दोस्रो पटक मष्तिस्कको सफल शल्यक्रिया भएको छ । काठमाण्डमैको माइतिघर नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा गत भदौ २८ गते भर्ना भएका थिए । डिप ब्रेन स्टुमुलेसन (डीबीएस) शल्यक्रिया पछि उनी हिजो असोज २ गते घर फर्केका छन् । अस्पतालका डा. रेशा श्रेष्ठ र डा. बसन्त पन्तले शल्यक्रिया गरेका थिए । पार्किन्सन्स रोगबाट पिडित श्रेष्ठको चार वर्षअघि मस्तिष्कको बायाँतर्फ चिप्स राखिएकोमा अहिले शल्यक्रिया गरी दायाँ साइडमा पनि राखिएको हो । यस शल्यक्रियाले ८ वर्ष सम्म काम गर्ने र त्यस पछि भने पुन त्यसको व्याट्रि परिवर्तन गर्नुपर्ने बताइएको छ ।

शल्यक्रिया पश्चात उनि पहिलेको तुलनामा निकै फुर्तिला देखिएका थिए । अस्पतालमा उपस्थित सबैलाई उनि आफैले हसाइरहेका थिए । उनको त्यस अवस्थामा पनि देखिएको अटुट मुस्कानका कारण कसैलाई पनि उनि बिमारी भएको महशुस नै हुदैन थियो । उनि भनिरहेका थिए “म बिरामी भएको छैन , शल्यक्रिया पश्चात पहिलेको भन्दा झन तगडा भएको छु । मलाइ त डिस्चार्ज भएकै दिन गीत रेकर्ड गराउन जान मन थियो तर किन यसरी आत्तीहाल्नु भनेर गइन ” ।  

उनको मस्तिष्कको बायाँतर्फ राखिएको चिप्सले शरीरको दायाँ भाग चल्ने गरेको छ । तर वायाँतर्फ पनि समस्या आएपछि अहिले दायाँतर्फ चिप्स राखिएको हो । अब भने दायाँ  भागमा राखिएको चिप्सले बायाँतर्फ र बायाँ भागमा राखिएको चिप्सले  दायाँ तर्फको काम गर्छ । पार्किन्सन्स नियन्त्रणका लागि उनको दिमागमा राखिएको पेसमेकरमा अर्को तार पनि जोडिएको छ । श्रेष्ठ ९ वर्षदेखि पार्किन्सन्सबाट पिडित छन् । यो शल्यक्रिया नेपालमै पहिलोपटक श्रेष्ठमा गरिएको बताइएको छ । श्रेष्ठ भन्छन “ नेपाल स्वास्थ्य क्षेत्रमा धेरै अघि बढि सकेको छ । हामीलाई हामैै्र देशको स्वास्थ्य संस्था सग विश्वास नभएर मात्र विदेश जाने हो तर अवसर पाए नेपाल मै ठुला रोगहरुलाई नियन्त्रण गर्न सक्षम डाक्टरहरु छन । उदाहरणका निम्ति मेरै रोग हेरौ । मैले देवै पटकको शल्यक्रिया यहि गरेको हु र म सफल भइसके । ”  मह जोडिले निर्माण गर्न लागेको चलचित्र दालभात तरकारी मा मदनकृृष्ण श्रेष्ठको मुख्य भुमिका रहने छ । केहि समयको आराम पश्चात सोहि चलचित्रको तयारीमा लाग्ने श्रेष्ठको भनाई रहेको छ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस