Tuesday, 26 Oct
01:00:00

काजल क्रियसन पाँचौ बर्षमा प्रवेश  

2018/09/19   मनोज

गफगाफ - राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चर्चा बटुल्न सफल बुटिक काजल क्रियसन पाँचौ बर्षमा प्रवेश गरेको छ  । हिजो भएको एक भब्य कार्यक्रममा विभिन्न सेलिब्रेटी समाजसेवीहरुको बाक्लो उपस्थितिमा काजल क्रियसनको पाँचौ यानिभर्सरि भब्यताको साथमा मनाईएको थियो भने काजल शर्माको जन्मदिन समेत मनाइएको थियो  । काजल क्रियसन बुटिकको फोर्थ यानिभर्सरि संगै उक्त बुटिकको संचालिका काजलको समेत जन्मदिन एकैसाथ पर्न गएकोले गर्दा सेलिब्रेटीहरुको राम्रो जमघट रहेको थियो  । उक्त अबसरमा चर्चित निर्माता अभिनेत्री दिपा श्री निरौला, बरिष्ट गायक आनन्द कार्की, समाजसेवी प्रकाश कुमार श्रेष्ठ, राष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकि संचालिका बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ, गायक राम चन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्ले, पत्रकार डब्बु क्षेत्रि, सुभाष प्रधान,सौन्दर्यबिद सोनी काररंजित, सरु श्रेष्ठ, लगायत अन्य समाजसेवीहरुको उपस्थिति रहेको थियो  ।

छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटि, ब्यबसायी देखि सर्बसाधारणहरुको रोजाइमा पर्न सफल भएको छ  । विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायक नायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्बसाधारणहरुको समेत ड्रेश डिजाइन गरेर ख्याति कमाएको काजल क्रियसनले नेपालमा मात्र नभएर युरोपको विभिन्न शहरमा समेत आफ्नो उत्पादन तथा कलालाई बिस्तार गर्दै आएको छ  । फेशन सम्बन्धि आफ्नो काम तथा नेपाली फेशनलाइ विश्व सामु कसरि चिनाउन सकिन्छ, नेपाली उत्पादन ढाका बाट बनेका कपडा तथा ढाका बाट तयार भएका ड्रेसहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रबर्धन गर्न समेत लागि परेकी काजल क्रियसनकि म्यानेजिङ डाइरेक्टर चर्चित फेशन डिजाइनर काजलले बिदेशमा समेत आफ्नो संजाल बिस्तार गरेकी छिन  । कम समयमा नै फेशनमा छुट्टै पहिचान बनाउन सफल काजल क्रियसन अहिले सबै क्षेत्रका व्यक्तिको लागि विश्वासिलो बुटिकको रुपमा परिचित भएको छ ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस