धुर्मुसको नालिबेली

गफगाफ - हाँस्यकलाकार सिताराम कट्टेल ९धुर्मुस० को आज जन्म दिन परेको छ । वि।सं २०४० साल असोज ४ गते सोलुखुम्बुको विकट गाविस नेचा बेतघारीमा उनी जन्मीएका हुन् । बोगराज कट्टेल र कमला कट्टेलको उनी जेठो छोरा हुन् । बुवा भन्दा उनी २० वर्ष कान्छो छन् । उनको बुवाभन्दा उनको हजुरआमा २० वर्ष नै जेठा छन् । 

पर्दामा सबैभन्दा धेरै पात्रको भूमिका निर्वाह गरेका सितारामलाई धुर्मुस पात्रले नै लोकप्रियताको शिखरमा पुर्यायो । टेलिभिजनको पर्दाबाट मात्र होईन प्रत्यक्ष स्टेज कार्यक्रममार्फत पनि दर्शक हँसाउने गतिलो खुबी उनीसँग छ । सामान्य परिवारमा हुर्किएका धुर्मुसले लामो समय अभावमा बिताए । अभावको पिडा र पिरलो बुझेका उनी समाज सेवामा पनि उदाहरणीय पात्रको रुपमा उदाएका छन् । एककृति पहरी बस्ती, गिरान्चौर एकिकृत बस्ती, एकिकृत मुसहर बस्ती, सन्तपुर एकिकृत बस्ती नेता, अभिनेतादेखि आमजनताबाट पनि प्रशंसनीय काम हुन् । 

सिताराम कट्टेलको बाल्यकाल 

ग्रामीण भेगमा जन्मीए । ढिँडो खाएरै हुर्किए । सोझा थिए । कम बोल्थे । उटाङ्ग्या साथीहरुले हेप्थे । प्रतिकार गर्ने आँट थिएन । ‘पौडी खेल्न खोलामा पुर्याएर एक पटक त हातै मर्काइदिएका थिए,’ धुर्मुस सोलुखुम्बुमा हुँदाका दिन सम्झन्छन् । उनी ८ वर्षको हुँदा वि।सं २०४८ सालमा उनको परिवार सोलुबाट झापा झर्यो । झापा झरेपछि नै उनले चामलको भात खान पाएका थिए । उनको बुवा अहिले पनि भन्छन्,‘छोरा छोरीले सुख पाउन्, चामलको भात खुवाउन सकियोस् भनेर झापा बसाईँ सरेका हुँ ।’ तर, सितारामको दुख उमेरसँगै बढ्दै थियो । घरको जेठो छोरा थिए । बिहान ५ बजे उठ्थे हल गोरु नार्थे । कक्षा सातमा पुगेदेखि उनको यो ड्युटी सुरु भएको थियो । 

पहिलो स्टेज कार्यक्रम 

सिताराम कट्टेल, स्टेजबाट दर्शक हसाउँन पाउँदा अहिले पनि मज्जा मान्छन् । यो कला, क्षमता र आत्माविश्वास धेरै वर्षको अन्तरालपछि पलाएको हो । विद्यालयमा भएको कार्यक्रममा साथीहरुसँगै गीत गाउन स्टेजमा उभिएको त्यो दिन अहिले पनि उनी झल्झली सम्झन्छन् । ‘मायालु आफ्नी आमालाई बिर्सने को छ र रु बोलको गीत गाउनका लागि पहिलो पटक स्टेजमा उक्लीएका थिएँ । चक्कर लाग्यो । अगाडिका मान्छे नै देख्न छाडँे । कहाँ अनकन्टारमा पुगे जस्तो लाग्यो । एकाएक रुन मन लाग्यो । गला अवरुद्ध भएपनि गीत गाउन खोजेँ । पटक्कै शब्द निस्किएनन् । रुँदै रुँदै कसैलाई नहेरी घर पुगेँ,’ अहिले सम्झँदा हाँसो लाग्छ उनी भन्छन् ।  

कलाप्रतिको आर्कषण

सोझा विद्यार्थी थिए । तर, उनीसँग अनौठो कला थियो । अधिकाँस साथीको उनी हुबहु नक्कल गर्थे । स्वस्थानी पढ्दा पनि केटा र केटीको स्वर मिलाएर नाटक जसरी पढ्थे । गाउँले अचम्ममा पर्थे । जे होस् सोझा सितारामसँग नक्कल गर्ने राम्रो कला थियो । मदनकृण्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह० जोडीको प्रहशन र टेलिफिल्मले उनलाई यस क्षेत्रमा आर्कषण गर्यो । 

अभिनयका गुरु 

मह जोडीबाट प्रभावित सिताराम कट्टेल ‘धुर्मुस’ सोहि जोडिलाई गुरुको रुपमा पुज्छन् । त्यो भन्दा अघि चाहिँ गाउँकै गणेश विक उनलाई अभिनय सिकाउने गुरु थिए । परिवारको डरले मध्यरातमा झ्यालबाट हाम्फालेर उनी नाटकको रिर्हसल गर्न जान्थे । त्यो मध्यरातमा पनि गणेशले उनलाई निकै राम्रोसँग रिर्हसल गराउँथे । 

एसएलसी पछि उनी काठमाण्डौँ आए । भाँडाको मार्केटीङ गरे । दुखका दिनहरु बिताए । कलाकार खेम शर्मा उनको अर्का गुरु हुन् । खेमले आफु बस्ने घरमा सस्तोमा कोठा मिलाईदिएर र कलाकारहरुसँग चिनजान बढाएर ठूलो गुन लगाएका छन् । यस्तै, उनी पर्दाको गुरु जितु नेपाल ९मुन्द्रे०लाई मान्छन् । ‘जितु दाईले दिएको अवसरले नै कलाकारिताबाट दर्शकमाझ चिनिन पाएको हुँ,’ उनी मनका कुरा खोल्छन् । 

धुर्मुसको जन्म

धुर्मुस पात्र आफ्नै साथी र गाडिमा काम गर्ने एक व्यक्तिको समिश्रण हो, उनले भने । टेलिफिल्ममा खेल्ने भएपछि पात्रको आवश्यकता थियो । त्यसैले उनको सम्झनामा रहेको एउटा साथी, जो बोल्दा नाक खुम्च्याउँथ्यो । कुप्रो परेर हिँड्थ्यो । उसैलाई धुर्मुस नाम दिएर आफ्नै साथीको क्यारीकेचर गरे । धुर्मुस नाम भने उनले गाडिमा काम गर्ने व्यक्तिको नाम सापटी लिएका हुन् । नामसँगै गेटअप पनि सोही व्यक्तिको लिएको सिताराम बताउँछन् । 

‘कहिल्यै ननुहाउने, मैलो लुगा लगाउने भएकाले उसालई धुर्मुस भनिन्थ्यो । त्यही दुई जनाको संयोजनबाट एउटा पात्र पर्दाबाट उदायो । लोकप्रीय बन्यो । सोही पात्रले आज मलाई चिनाईरहेको छ’, उने भने । 

सामाजिक कर्म 

भूकम्पले विध्वंस गर्दा उनी अमेरिकामा थिए । कार्यक्रम नै रद्ध गरेर श्रीमति कुञ्जनासहित नेपाल फर्किए । त्यसपछि सुरु भयो उनको सामाजिक यात्रा । राहत र उद्धारमा पनि उत्तिकै खटे । देश पुनर्निर्माणमा लाग्ने चर्चा चलिरहँदा भूकम्पको पराकम्पन रोकिएको थिएन । मानिसहरुको बिजोक स्थिति देखेर एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरे । सबैको साथका कारण उनले भूकम्प पिडितका लागि गिरान्चौर एकिकृत बस्ती पनि निर्माण गरे र प्रशंसनीय पात्र बने । 

पहाडी इलाकामा मात्र नभई उनी तराई पनि प्रवेश गरे । ज्यानको प्रवाह नगरी बाढी पिडितहरुको उद्धारमा हेलिए । बर्दिबासमा मुसहर एकिकृत बस्ती र सन्तपुर एकिकृत बस्ती निर्माण गरेर तराई र पहाडलाई जोड्ने प्रयास गरे । उनले सिंगो देशलाई नै एकै ठाउँमा जोड्ने सपना देखेका छन् । सबैको साथ सहयोग मिलेमा नमुना नेपाल निर्माण गर्ने उनले घोषणा पनि गरे । नमुना नेपाल कस्तो हुनेछ रु भन्ने भिडियोमार्फत आफ्नो भिजन पनि प्रस्तुत गरे । तर, त्यो सानो पुँजीले सम्पन्न हुन सम्भव छैन । 

क्रिकेट रंगशाला निर्माण गर्ने योजनामा पनि धुर्मुस सुन्तली फाउण्डेशन छ । सरकारले जग्गा उपलब्ध गराउने बित्तिकै निर्माण कार्य थालनी गर्ने उनी बताउँछन् । यसको साथमा चलचित्र निर्माणको तयारीमा पनि उनी जुटेका छन् । उक्त चलचित्रबाट कमाई भएको पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनीहरुको योजना छ ।  

गफगाफ डट कम र मनकाकुराडटकम को सहकार्य 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस