> Gufgaf.com

रेडियो अडियो

अस्कर अवार्डका लागि नेपालबाट निता ढुंगाना अभिनित चलचित्र‘पञ्चायत’ छनोट

2018/09/20   मनोज

गफगाफ -चलचित्र ‘पञ्चायत’ अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि छनोट भएको छ । एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले हरेक बर्ष अस्कर अवार्डको आयोजना गर्दै आएको छ । हुने नेपालबाट लाई गरिएको छ । अवार्डमा सहभागी हुनका लागि भने ‘तान्द्रो, पञ्चायत र माइ लभ’ दर्ता भएका थिए । तर ‘तान्द्रो र माइ लभ लाई पछि पार्दै चलचित्र पञ्चायत छनोट भएको हो । छनोछमा मरेका  तिनै चलचित्रहरुको एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरिय एवम् अब्बल दर्जाका सिर्जनाहरु रहेका थिए तर प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावानात्मक विश्लेषण लागायतका आधारमा भने शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको हो ।

अस्कर अर्वाडमा विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धा हुने गर्छ ।  नेपाली चलचित्र ‘पञ्चायत’ ५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र हो । अस्कर अवार्डका निम्ति नेपालबाट चलचित्र छनोट गर्न समिति नै गठन गरिएको छ । छनोट समितिमा संयोजक विमल पौडेल रहेका छन् भने सदस्यहरुमा राजेन्द्र शलभ, सामिप्यराज तिमिल्सिना, चिरञ्जीवी गुरागाँई, लक्ष्मीनाथ शर्मा,लोकेन्द्र पराजुली र प्रदिपकुमार उपाध्याय रहेका छन् ।
 


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस