यसरी मनाइयो धुर्मुसको जन्मदिन

गफगाफ - कलाकार सिताराम कट्टेल (धुर्मुस) ले बिहिवार आफ्नो ३५ औ जन्मदिन मनाएका छन् । रेडियो अडियोले विशेष कार्यक्रमको आयोजना गरेको कार्यक्रममा उनले केक काटेर जन्मदिन मनाएका हुन् । कलाकरीता सगै समाजसेवामा समेत सकृय  कट्टेलले नयाँ कामका निम्ति अघि बढिरहेको बताए । रेडियो अडियोले आयोजना गरेको उक्त जन्मदिन विशेष कार्यक्रममा उनलाई शुभकामना उन्की धर्मपत्नी कुन्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । 

धुर्मुसले सुन्तलीलाई सार्वजनिक रुपमै चुम्वन गरेपछि माहोल निकै तातिएको थियो । जन्मदिन विशेष कार्यक्रममा सिताराम लाई जन्मदिनको शुभकामना दिँदै श्रीमती कुञ्जनाले  सिताराम आफ्नै निम्ति भनेर यो धर्तीमा आएको धारणा राखिन । दुइ विचको माँया हिजो भन्दा आज बढ्दै गएको कुञ्जनाको भनाई थियो । कार्यक्रमा केदार घिमिरे (माग्ने बुढा) ले सिताराम सँगको सहकार्यलाई सरसर्ती सम्झिए ।

उनले सितारामले देशका निम्ति गरेको योगदानले सींगो कलाकारिता क्षेत्रको शिर उच्च भएको बताएका थिए । दिनको लागि कलाकार ३५ औ जन्मदिनकका अवसरमा थियो । हिजोआजका कुरा टेलिश्रींखलाबाट कलाकारिता क्षेत्रमा आवद्ध भएका सिताराम यतिबेला कलाकारिता सगै बिकास निर्माणमा समेत लागी परेका छन् । उनि केहि समय भित्रमा नै चलचित्र निर्माणमा लाग्ने तयारीमा छन् ।


हेर्नुहोस धुर्मुसका जन्मदिनका केहि तस्विरहरु


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस