साँझका हेडलाईन : गजुरियल टिप्पणी

  • ट्याङ्कर चालकले इन्धन ढुवानी सुचारु नगरे गाडी खोस्ने निगमको चेतावनी ।
    पेट्रोल सहित खोस्नु है, रित्तो गाडी त जस्लेपनी खोस्छ नि !

     

     

  • दशैको अग्रिम टिकट बुकिङ खुला नगर्ने यातायात व्यावसायीको निर्णय ।
    ठिकै छ । साहुजीहरुका घरमै टीका लगाउन जाउँला नि त !

     

     

  • पर्यटन मन्त्रीको प्रस्ताव: रुख कटनी सेनाले होइन, वनले नै गरोस् ।
    सेनाले गरेपनि वनले गरेपनी मनको कुनाबाटै गरोस् , धनको तुनाबाट नगरोस्  !

     

     

  • संसदीय सुनुवाईबाट अख्तियार प्रमुखमा नवीन घिमिरे अनुमोदित ।
    हेल्लो नवीन घिमिरे, पावर देखाउ तिमिले, हेर्न पाउँ हामीले !

     

     

  • जोशीबिरुद्ध महाअभियोग दर्ता गर्न भन्दै नेकपा सांसादहरुको हस्ताक्षर संकलन ।
    होस् गर्नु है कमरेडहरु, हस्ताक्षर  भेला गरेर महा अभियोग हैन, महाभोज गर्देलान् !

     

     

  • भ्रष्टाचारीले सिधै सेवाग्राहीसँग पैसा लिन छाडे: नवीन घिमिरे
    घुमाएर लिन पाउन्जेल कस्ले सिधै लिन्छ त हजुर ।

     

     

  • अन्सारीका हत्यारालाईं कारबाहीको दायरामा ल्याउँछौ – गृहमन्त्री थापा : अनलाइन खबर
    निर्मलाका हत्यारा पनि दायरामा आई हाले, हगी त !

     

     

  • वर्थ डेमा धुर्मुसले गर्न सकेनन् फिल्म घोषणा
    सकेनन् कि गरेनन् हाउ ?

     

     

  • काठमाण्डौ-तराई फाष्ट ट्र्याकको डीपीआर बनाउने जिम्मा कोरियन कम्पनीलाई : रातोपाटी
    घरबेटी ठेकेदारको दाल गलेनछ कि क्या हो !

     

     

  • लैनचौरको खुल्ला स्थान मासेर उपराष्ट्रपति कार्यालय राख्ने तैयारी : सेतोपाटी
    कार्यलयमात्र किन, घरै बनाए भैगो नि ! आफ्नो हात, जगन्नाथ !

यो सामाग्रि हामीले नेपालकै पहिलो शब्द झटारो ठोक्ने अनलाईन पत्रिका www.gajureal.comबाट साभार गरेका हौं । यो सामाग्री राम्रो मज्जा लायो भने अरु धेरै मज्जाका लागि यहाँ क्लिक गर्नुस् सिधै उतै पुग्नुहुन्छ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस