
>
गफगाफ -चलचित्र इन्टु मिन्टुमाको प्रिमियर सो सम्पन्न भएको छ । चलचित्र शुक्रवार बाट अल नेपाल प्रदर्शनमा आउदै छ । प्रदर्शनमा आउनु अघि प्रिमियर सो गरिएको हो । प्रिमियरमा चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व साथै पत्रकारहरुले चलचित्र हेरेका थिए । चलचित्र सो गर्नु अघि एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । चलचित्रकी निर्देशक रेनशा बान्तवा राइ र चलचित्रका मुख्य नायक धिरज मगरको सो कार्यक्रममा रुवाबासी नै चलेको थियो ।
केहि बेर पछि आफुलाई सम्हालेकी निर्देक बान्तवाले आफ्नो २ वर्ष देखिको मेहेनतको परिक्षा सुरु भएको बताइन । नायक धिरज पनि बोल्ने क्रममा भक्कानिएका थिए । चलचित्र हेरिसके पछि सबै बाट सकारात्मक कमेन्ट आएको थियो । चलचित्र हेर्नका लागी भुवन केसी, दिपाश्री निरौला,झर्ना थापा, सुनिल थापा, केकी अधिकारी, बेनिसा हमाल, नंम्रता श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थिती थियो । डेव्यु गरेका नायक धिरज मगर र मुख्य कलाकार सारुक तांम्राकारको अभिनयको प्रशंसा गरिएको थियो । चलचित्रले उत्कष्ट प्रेमभाव प्रस्तु गरेको छ । चलचित्रमा धिरज मगर, सारुक तांम्रकार संम्राज्ञी राज्य लक्ष्मी शाहा,दिलभुषण पाठक लगायतका कलाकार हरुको अभिनय रहेको छ ।
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस
गफगाफ - प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस