आज बाट ३ चलचित्र प्रदर्शनमा

2018/09/21   मनोज

गफगाफ - आज  शुक्रवार बाट एकै साथ ३ चलचित्र रिलिज भएका छन् । आज बाट रिलिज भएका चलचित्र हुन्‘इन्टु मिन्टु लण्डनमा’, ‘बाँध मायाले’ र ‘धुम ३’ । रेनशा वान्तवा राईले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ मा साम्राज्ञी राज्य लक्ष्मी शाह, सारुक ताम्राकार र नव नायक धिरज मगर को मुख्य भूमिका रहेको छ ।

लामो समयको कोरियोग्राफी पछि निर्देशनमा डेव्यु गरेकी रेनशाले पनि यसै चलचित्रबाट निर्दैशनमा डेव्यु गरेकी हुन ।  यसै चलचित्र बाट नायक धिरज मगरले पनि चलचित्र नगरीमा डेब्यू गर्दै छन् । साम्राज्ञी राज्य लक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुषण पाठक, रुबी राणा, विबेक लिम्बू लगायतका कलाकारहरुको समेत चलचित्रमा मुख्य अभिनय रहेको छ ।
त्यस्तै अजैबाट फ्लोरमा आएको अर्को चलचित्र हो ‘बाँध मायाले’ यो चलचित्रका गीत संगीतलाई समेत दर्शकले रुचाएका छन् । चलचित्रलाई ‘बाँध मायाले’लाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।  चलचित्रमा आर्यन अधिकारी,सृष्टि श्रेष्ठ किशोर खड्का सँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निदेर्शन सविर श्रेष्ठले गरेका हुन् ।


आजैबाट रिलिज भएको तेस्रो चलचित्र हो ‘धुम ३’ । जय किसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धुम ३’ मा अलिना रायमाझी, जय किसन बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । अन्य २ चलचित्रको तुलनामा ‘धुम ३’ भने प्रचार प्रसारको हिसावले पनि केहि पछाडी देखिएको छ ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस