आकाश अधिकारीको भतिज नभएको भए झन् छिटो हिरो हुन्थे (भिडियो)

गफगाफ - नायक आर्यन अधिकारीले चलचित्र के म तिम्रो होइन र बाट नेपाली चलचित्र डेब्यु गरेका हुन् । नाताले उनि कलाकार आकाश अधिकारीका भतिजा  हुन् । उनि अभिनित चलचित्र बाँध माँयाले आज शुक्रबार बाट प्रदर्शनमा आएको छ । उनै आर्यन अधिकारी सँग हामीले चलचित्र बाँध माँयाले को पेरिफेरीमा रहेर कुराकानी गरेका छौँ ।

  • चलचित्र आजबाट प्रदर्शनमा आएको छ तापाई ले रियलमा चाहि कसैलाई मायाँले बाध्नु भएको छ की ?

हा हा हा अहिले सम्म मायाँले माध्ने मान्छे पाएकै छैन, भए पछि भन्छु है ?

 

  • तपाईले तिन जना नायिका सँग रोमान्स गरिसक्नु भयो । काम गरेका तिन नायिका मध्ये कुन हट लाग्यो ?

हाहा,,,भन्नैपर्ने हो र ? तिनै जना उस्तै नै हो तर अलि बढिचाहि प्रियंकानै हट लाग्छ ।

 

  • बाँध माँयालेको छायांकन  नवलपरासीको बर्दाघाटमा तपाइँकै अनुरोधमा भएको भन्छन् नि आफ्नै गाँउ भनेर हो ?

जब मैले फिल्मको स्क्रिप्ट पढे तब मलाई त्यो ठाँउमा छायांकन गर्दा राम्रो हुन्छ जस्तो लाग्यो र मैले फिल्मका निर्माता निर्देशक लाई त्यस स्थानका बारेमा बताए । उहाँहरु गएर लोकेसन हेर्नु भएछ मन परेपछि उतै छायांकन गरिएको हो ।

  • दर्शकले तपाँईलाई बलिउड नायक टाइगर सर्फ सँग दाँज्नु हुन्छ, तपाईलाई कस्तो लाग्छ ?

दर्शकहरुले मात्र हैन पत्रकार साथीहरुले पनि यो बिषय उठान गर्ने गरेको पाउछु जसरी तपाइले अहिले गर्नु भयो । तर मेरो आफ्नै पहिचान छ, र म एक नेपाली कलाकार हु ।

  • यदि तपाइ आकाश अधिकारीको भतिज नभएको भए चलचित्र क्षेत्रमा दर्शकले आर्यनलाई देख्न पाउनुहुन्थ्यो ?

यदि आकाश अधिकारीको भतिज नभएको भए यो भन्दा धेरै पहिला नै नायकका रुपमा परिचित हुन्थे होला,अझ भनौ यो भन्दा पहिले नै चलचित्रमा अभिनय गरिसक्ने थिए । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस