प्रदर्शन मिति घोषणा गर्दै ‘दि कर्मा’को फर्स्टलुक सार्वजनिक

2018/09/21   मनोज

गफगाफ -भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको फिल्म ‘दि कर्मा’ को फर्स्टलुक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा अभिनेता करण मात्र फिचर्ड छन् । उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्टलुक तयार पारिएको छ । उनी एङग्री लुक्समा प्रस्तुत छन् । फिल्म एक्सन प्याक्ड रहेको फस्टलुक भिडियो बोल्छ । करण मिस्टर इन्डिया २०१७ु का विजेता हुन् । 

जय राज रायले निर्माण गरेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त फिल्मलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ । जय मिडिया म्यानेजमेन्ट प्रा।लि।को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको फिल्मको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो । 

नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ । फिल्मका गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस