शाहरुखले पूरा गरे अनुश्काको सुई धागा च्यालेन्ज 

२८ सेप्टेम्बर देखि प्रदर्शनमा आउने सिनेमा सुई धागाले प्रचार प्रसारलाई तिव्र बनाएको छ । सिनेमाको प्रचार प्रसारलाई मध्यनजर गर्दै सुईमा धागो हाल्ने च्यालेन्ज अहिले बि टाउनमा चर्चित छ । बलिवुडका केही सेलिब्रेटीहरुले यो च्यालेन्ज पूरा गरिसकेका छन् । 

सबै भनदा कम समयमा सुईमा धागो हाल्ने यो च्यालेन्ज अभिनेत्री अनुश्का शर्माले शाहरुख खानलाई पनि दिएकी थिईन् । शाहरुख खानले यो च्यालेन्ज पूरा गरेका छन् । यसमा छोटो समयमा सुईमा धागो हाल्नु पर्नेहुन्छ । जसले कम समयमा सुईमा धागो हाल्छ ऊ यो च्यालेन्जको बिजेता बन्छ । 

शाहरुख खानले सियोमा धागो होलेर एउटा भिडियो सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका छन् । 
भिडियो सेयर गर्दै  शाहरुखले आफ्नै तरिकाले यो च्यालेन्ज पूरा गरेको अनुश्कालाई बताएका छन् भने आफूले ०.०००००००१ मिलियन सेकेण्डमा यो च्यालेन्ज पूरा गरेको उल्लेख गरेका छन् ।   उनले यो सँगै सुई धागालाई सफलताको शुभकामना पनि दिएका छन् ।  

उता अनुश्काले शाहरुखले सुईमा धागो हालेको भिडियो सेयर गर्दै यो वल्र्ड रेकर्ड भएको उल्लेख गरेकी छिन् । 

बि टाउनमा अहिले सम्म  यो च्यालेन्ज अक्षय कुमार आलिया भट्ट, आदित्य रोय कपूर, करण जोहर, रणवीर कपूर लगायतले पूरा गरिसकेका छन् ।
 
सुई धागामा वरुण धवन र अनुश्का शर्मा मुख्य भूमिकामा छन् । यो सिनेमालाई  सरत कटरियाले निर्देशन गरेका हुन् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस