निर्देशक रेनशा र साम्राज्ञीको सम्बन्ध किन चिसियो ?

गफगाफ - शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र हो ‘इन्टु मिन्टु लण्डनमा’ । यस चलचित्र युनिटले रिलज अघि प्रिमियर सो समेत गर्यो । प्रिमियर सो मा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्व हरुको उपस्थिती रहेको थियो । प्रिमियरमा चलचित्रका मुख्य कलाकार हरु धिरज र सारुक को उपस्थिती थियो । तर त्याहा मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह को उपस्थिती थिएन । साँझ करीब ६ बजे कार्यक्रम सुरु भयो, साम्राज्ञीको उपस्थिती बिनै चलचित्रका निर्माता प्रभु समशेर जबरा सहितको टिमले रिवन काटे । तर चलचित्रकी नायिका आउने नआउने अत्तोपत्तो थिएन ।
 उनि नआए पछि निर्देशक रेनाशा वान्तवा राईको हात समात्दै अभिनेता द्वय धिरज मगर र सारुक ताम्राकारले प्रिमियरमा ईन्ट्री लिएका थिए । यता सबैमा कौतुहल्ता थियो, के चलचित्रको प्रिमियरमा नायिका साम्राज्ञी नआउने नै हुन त ? पालै  संँग नायक सारुक,धिरज हुदै निर्देशक रेनशा बान्तवाले चलचित्रका विषयमा आ आफ्नो धारणा राखे । कार्यक्रम सुरु भएको करिव २५ मिनेट पछि कार्यक्रम उद्घोषिकाले साम्राज्ञी आउँदै गरेको बताइन् । सबैले बोली सके पस्चात सबैजना स्टेजबाट बाहिरीसकेका थिए । तर कार्यक्रममा उपस्थित पाहुना सबै साम्राज्ञीको पर्खाइमा थिए ।


 त्यसको केहि समय पश्चात बल्ल सबैको प्रतिक्षाको घडि समाप्त गर्दै साम्राज्ञीे उपस्थित भइन् । कालो पहिरनमा निकै आकर्षक देखिएकी उनले साथमा आमालाई समेत लिएर आएकी थिइन् । उनको उपस्थिती पश्चात सबैको ध्यान साम्राज्ञी तिर नै केन्द्रित भयो । उनको तस्विर खिच्न सुरु भयो तर उनको साथमा तस्विर खिच्न कोहि अएन । अन्त त उनले त्यसका निम्ति आफ्नै आमाको साहारा लिइन् । केहिवेर उनले तस्विर खिचाए पश्चात फेरि पनि उद्घोषिकाले  निर्देशक र कलाकारलाई स्टेज अगाडि आउन अनुरोध गरिन् । त्यस पछि फेरि पनि रेनाशा, धिरज र सारुक अगाडि उपस्थित भए । तर त्याहाँ साम्राज्ञी लाई कसैले वास्ता सम्म नगरेको देखियो । 

अझै अचम्म त के भयो भने निर्देशक रेनशा बान्तवा राईले उनको आमालाइ अंकमाल गरिन् तर साम्राज्ञी सग अंकमालको त कुरै छडौ उनले साम्राज्ञी लाई  ’हाई’ सम्म पनि भनिनन् । यता धिरज र साम्राज्ञी लाई नियाल्ने हो भने सायद कसैले पनि भन्दैन थियो होला उनिहरु एक आपसमा परिाचत छन् । चलचित्र सुरु गर्नु अघि फेरी पनि युनिटले चलचित्रका विषयमा धारणा राखे । तर निर्देशक राई माइक समाउन नपाउदै भक्कानिएर रुन थालिन । उनलाइ सम्हाल्न धिरज अघि बढे र सारुक पनि उनि सगै निर्देशक राईलाइ सम्हाल्न पुगे तर साम्राज्ञीले भने त्यो दृश्य एकोहोरो भएर हेरिमात्र रहिन् । यसबाट स्पष्टै भएको थियो, रेनशा र साम्राज्ञीको सम्बन्धमा केहि न केहि भएकै छ । नत्र भने निर्देक त्यो पनि महिला उनि भक्कानि रहदा दुइ नायकलाई भन्दा साम्राज्ञीले उनलाई सम्हाल्न प्रयास गरेको भए त्यो दृश्य अर्कै हुन्थ्यो होला ।


चलचित्र रिलिजको संघारमा भएका बेला चलचित्रकी नायिका साम्राज्ञी भने अवार्डका निम्ति जापान तिर लागेकी थिइन् । उनिहरुको सम्वन्ध बिग्रीनुको मुख्य कारण नै यहि भएको बुझिएको छ । साम्राज्ञी जापानबाट फर्किएपछि रेनशा र साम्राज्ञीको बोलचाल नै बन्द भएको कुराले चलचित्र नगरीमा  चर्चा पाइरहेको छ । चलचित्र रिलिज भइरहेको अवस्थामा निर्देशक र नायिका विचको यो सम्वन्धले कसलाई फाइदा पुर्याउला ? खैर् जे भए पनि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ लाई गफगाफको शुभकामना


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस