gufgaf

छक्कापञ्जा तिन दशैको घटस्थापनाका दिन

2018/09/22   मनोज
   

गफगाफ - सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टे्रलर रिलिज भएको छ । सगै चलचित्र रिलिज घोषणा समेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनाका दिनबाट अल नेपाल प्रदर्शन हुने भएको  छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार दिपक राज गिरी, जितु नेपाल,केदार घिमिरे,बुद्धि तामाङ, दिपिका प्रसाई लागायतलाई नै प्रस्तुत गरिएको छ ।चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथाबस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्माता दिपकराज गिरीले जानकारी दिए । ६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ ।

चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् । चलचित्रमा समाबेश पहिलो नम्वरमा बोलको गीतले छोटो समय भित्रमा नै दर्शकको राम्रो साथ पायो युटुवमा १ करोड भिउ पुगेको उपलक्षमा चलचित्र युनिटले केक  काटेर शेलिव्रेशन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीतले  हालको दिन सम्ममा १ करोड ३२ लाख ६४ हजार ३ सय भिउ कटाइ सकेको छ । 

यो गीतको चर्चा सेलाउन नपाउदै चलचित्र छक्का पञ्जा ३ को अर्को गीत सार्वजनिक भयो । पछि उमेर ढल्किन्छ बोलको उक्त गीत यतिबेला सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा निशान भट्टराइ र एन्जिला रेग्मीको स्वर रहेको छ । चलचित्रको ट्रलर तथा रिलिज डेट घोषणा भए सगै सीने बजारमा चलचित्रको चर्चा ह्वात्तै बढेको छ । यस अघि आमा सरस्वती मुभिज प्रा लि मा बनेका चलचित्र सीने बजारकै उदाहरणिय भएका कारण पनि यस चलचित्रले सबैको ध्यान केन्द्रित गरिदिएको छ ।

यो व्यानमा निर्माण भएको पहिलो चलचित्र ६ एकान ६ लाई दिनेश डीसी ले निर्देशन गरेका थिए । हास्य टेलिश्रींखला बाट चलचित्र क्षेत्रमा प्रवेश गरेको यो टिमले निर्माण गरेको उक्त चलचित्रलाई दर्शकले राम्रो साथ दिए । पहिलो चलचित्रले सफल व्यापार गरेपछि यो टिमलाई अझ हौसला मिल्यो र सोहि टिमले अर्को चलचित्र वडा नम्वर ६ निर्माण गर्यो । चलचित्र वडा नम्वर ६ लाई उज्वल घिमिरे ले निर्देशन गरेका थिए । यो युनिटले निर्माण गरेको अघिल्लो चलचित्र जस्तै यो चलचित्रले पनि दर्शकबाट अत्यन्तै राम्रो साथ पायो । चलचित्र वडा नम्वर ६ ले आमा सरस्वती मुभिजलाई ब्राण्डका रुपमा स्थापित गर्यो ।

राम्रो चलचित्र निर्माण गर्न सके दर्शकको राम्रो साथ पाउन सकिन्छ भन्ने उदाहरण पनि यस चलचित्रले प्रस्तुत गरेको थियो । वडा नम्वर ६ पछि सोहि टिमले चलचित्र छक्का पञ्जाको निर्माण गर्यो । हास्य कलाकार दिपाश्री निरौलाले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गरेकी थिइन् । चलचित्र छक्का पञ्जा बाट दिपाश्री निरौलाले गरेको काम प्रति सबैले सम्मान व्यक्त गरेका थिए । चलचित्र छक्का पञ्जा चलचित्रको इतिहास मै सबै भन्दा धेरै व्यापार गर्न सफल भएको थियो ।

त्यस्तै उनै दिपाले निर्देशन गरेको चलचित्र छक्का पञ्जा २ ले पनि विभिन्न रेकर्ड राख्न सफल भएको थियो । चलचित्रले प्रदर्शन भएकै दिन करिव १ करोड ७० लाख बराबरको व्यापार गर्न सफल भएको थियो । मुख्य कुरा के हो भने दिपक राज गिरी दिपाश्री निरौला,जितु नेपाल र केदार घिमिरेको यो सहकार्यले नेपाली चलचित्र क्षेत्रको नै शिर उच्च बनाउने काम गरेको छ । यो टिमले निर्माण गरेको चलचित्र आफैमा ब्रान्ड बनिसकेको छ भने नेपाली चलचित्र नगरीमा राम्रो चलचित्र दिन सके करिव २० करोडको व्यापार हुन असम्भव नभएको प्रमाणित नै गरिसकेको छ । कुनै समय सामान्य नायिका हुदै हास्य कलाकारका रुपमा स्थापित भएकी दिपाश्री निरौला पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी गहना सावित भएकी छन् । 
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस