काठमाण्डौमा टिक्न नसकेर झापा फर्किएका थिए धुर्मुस

गफगाफ - सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन परेको छ । लामो समय देखि कलाकरिता क्षेत्रमा लागि परेका छन् । कलाकारिता क्षेत्र सगै उनि २०७२ सालको भुकम्प पश्चात भने श्रीमती कुन्जना समेतलाई साथमा लिएर समाज सेवामा लागि परेका छन् । यस्का निम्ति उनले धुर्मुस सुन्तली फाउन्डेसनको स्थापना नै गरेका छन् । र उनिहरुको विश्वासनियताका आधारमै देश तथा विदेशमा रहेका नेपाली आफ्नो योगदान दिदै आएका उनि हाल समाज सेवामा पनि दिल खोलेर लागी परेका छन् । सिताराम कट्टेल (धुर्मुस) सोलुखुम्बु जिल्लाको तत्कालिन नेचा बेतघारी गा.वि.स.मा जन्मिएका हुन् । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि.सं २०४० साल असोज ४ गते उनको जन्म भएको थियो । उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो । माध्यमीक तहसम्मको अध्ययन भने सिताराम कट्टेलले झापाको गौरादहमा पुरा गरेका थिए ।

निम्न आयस्तर भएको परिवारमा जन्मिएका उनले बाल्यकाल देखि नै आर्थिक अभाव भोगेर हुर्र्किएका थिए । कापी कलमको जोहो गर्नका लागि उनी कहिले हलो जोत्थे त कहिले अरुको स्केच चित्र बनाउथे । खेतबारीको काम, घाँस दाउरा र घरायसी काम गर्दै अध्ययनलाई समेत अघि बढाएका उनी अध्ययनका क्षेत्रमा समेत कृयाशिल भएर लाग्ने गर्थे  । पढाइमा तेजीलो भएकै कारण पनि सितारामले एसएलसी प्रथम श्रेणीमा पास गरको थिए । उच्च शिक्षाका लागि भने उनी बुवाले ऋण गरेर जुटाएको १७ सय रुपैँया गोजीमा राखेर काठमाण्डौँ काठमाण्डौ आएका थिए ।
 तर बुवाले ऋण खोजेर दिएको पैसा कोठा खोज्दा, र कोठाका निम्ति सामान जुटाउँदा नै सकियो । त्यसपछि उनले चित्र बनाउने देखि भाँडा बेच्ने कामसम्मका काम गरेका थिए । यस्ता विभिन्न काम गरेर जम्मा गरेको पैसाले रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । साथीहरुलाई जोक र क्यारीकेचर गरेर हँसाएको भरमा समेत थुप्रै छाक टारेका थिए उनले । उनि पत्रपत्रिका पढ्ने,टेलिभिजन हेर्ने भने गरिरहन्थे । उनलाई बेला बेलामा साथीहरुले कलाकार बन्न अभिप्रेरित गरिरहन्थे । साथीहरुले गरेको त्यो अनुरोध नै कलाकारिता क्षेत्रमा लाग्न प्रेरणाको श्रोत बन्यो । त्यसै बिचमा  केहि समय पछि उनलाई कलाकार बन्ने भूत चढ्यो ।

त्यस पछि उनि हाँस्य कलाकार खेम शर्मासँगै बस्न थाले । खेम शर्मासँगै हिँड्न थालेपछि चिनजान समेत बढ्दै गयो । तर, गतिलो अवसर भने पाउन सकेका थिएनन् । अन्त त उनि हार मान्दै झापा फर्किए । काठमाण्डौँदेखि हार मानेर झापा फर्किएका सिताराम झापा मा अडिएर रहन भने सकेनन् ।  फेरी संघर्षसँग जुध्ने निर्णय गरि फेरी राजधानी नै फर्किएर आए । त्यस पछि फेरी संघर्ष गर्न थाले । त्यसको केहि समय पछि भने उनले सन्तोष पन्तको टेलिचलचित्र हिजो आजका कुरामा छोटो संवाद बोल्ने मौका पाए ।  औपचारीक रुपमा भने हाँस्यकलाकार जितु नेपालले उनलाई कलाकारीता क्षेत्रमा प्रवेश गराए । गीताञ्जली टेलिचलचित्रमा अभिनय गर्ने मौका जुरेसँगै उनको भेट केदार घिमीरे (माग्ने बुढा)संग हुन पुग्यो । त्यस पछि भने धुर्मुस र माग्ने बुढाको जोडीलाई दर्शकले राम्रैसग रुचाउन थाले । गीताञ्जलीमा अभिनय गदागर्दै उनले दिपकराज गिरीसँगको चिनजानका कारण तितो सत्यको १४ भागसम्म अभिनय गर्ने अवसर प्राप्त गरे । पछि केदार घिमीरे सँगको सहकार्यमा मेरी बास्यै हाँस्य टेलिश्रृंखला निर्माण गर्न सुरु गरे ।

मेरी बास्यैमा सितारामले अभिनय गरेको धुर्मुस पात्रले निकै चर्चा कमाउन सफल भयो । र सितारामलाई दर्शकले बिर्सीदिए तर उनै सितारामको धुर्मुस क्यारेम्टर भाने सबैको मन मस्तिष्कमा बस्न सफल भयो । मेरी बास्सेमा उनले धुर्मुसको मात्र नभएर खडानन्द, नक्कली केपी ओली,खड्का जी, मुस्कान पासा, आइते लगायत धेरै भुमिका उनले निर्वाह गरेका थिए । एउटै टेलि श्रंखलामा सबैभन्दा धेरै भूमीकामा देखिएका कलाकार हुन् सिताराम कट्टेल । मेरी बास्यै निर्माण तथा अभिनयकै क्रममा उनले धुर्मुसको जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरे । अहिले उनीहरुको एक छोरी समेत रहेकी छिन् । छ एकान छ, वडा नम्बर ६ लगायतमा सफल चलचित्र हरुमा समेत उनले अभिनय गर्नुका साथै लगानी समेत गरेका थिए । वैशाख १२ को गोरखा भूकम्प पश्चात धुर्मुस सुन्तलीको जोडी सामाजीक काममा अत्यन्तै सक्रिय भएर लागि परेका छन् । भूकम्प पश्चात यो जोडीको सक्रियतामा काभ्रे, महेत्तरी लगायतका स्थानहरुमा एकिकृत बस्तीको समेत निर्माण सम्पन्न गरिसकेका छन् ।

धुर्मु सुन्तली एकिकृत नमुना बस्ती नाम दिइएको उक्त बस्तीले धेरैबाट प्रशंसा पाउनुको साथै धेरै बाट आर्थिक सहयोग समेत जुटेको  छ । यस्तै, भूकम्प प्रभावितलाई कपडा बाँड्नुका साथै महोत्तरीको बर्दिबासस्थीत मुसहर बस्तीमा राहात बाँडेका थिए । यो सामाजीक कामलाई अझै सक्रिय रुपमा अगाडि बढाउन उनीहरुले वि.सं २०७२ सालमा धुर्मुस सुन्तली फाउण्डेशन स्थापना गरेका थिए । सोहि फाउण्डेशनमा  देश तथा विदेशमा रहेका नेपाली हरुले खुलेर आर्थिक सहयोग गरिरहेका छन् । भर्खरै काठमाण्डौको विर अस्पतालको रङ रोगन गर्ने कार्य समेत सम्पन्न गरिसकेका छन् । उनि अहिले भने क्रीकेट रंगशाला निर्माण गर्नका निम्ति अग्रसर भएर लागि परेका छन् । अबको केहि समय पश्चात उनिहरु चलचित्र निर्माणमा समेत लाग्ने तयारी गरिरहेका छन् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस