रेडियो अडियो

भोली बाट देशै भरी ‘मिस्टर भर्जिन’

2018/09/11   Tek

गफगाफ- यौन मनोविज्ञानमा आधारित चलचित्र ‘मिस्टर भर्जिन’ यहि शुक्रवारबाट देशैभर प्रदर्शनमा आउँदैछ । हालै मोफसल टुर सकेको निर्माण टिमले प्रदर्शनको एक दिन अघि  काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै चलचित्रका विषयमा जानकारी दिएको छ ।

चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशन विशारद बस्नेतले गरेका हुन् । चलचित्रले तीन भर्जिन युवाको एक रातको कथा बोलेको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने यसका सह(निर्माता सन्दिप उप्रेती हुन् । 

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी छ । सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्स यस चलचित्रका संगीतकार हुन् । 
चलचित्र वल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्राली को ब्यानरमा निर्माण भएको भएको हो


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस