धिरजको नजरमा साम्राज्ञी कस्तो ? स्वस्तिमा सँग काम गर्न मन छ

2018/09/22   भिमसेन

गफगाफ - रेनाशा राई अभिनित चलचित्र 'इन्टु मिन्टु लन्डनमा' आज बाट प्रदर्शनमा आएको छ । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यु नायक धिरज मगर अभिनित फिल्म को सिने नगरीमा प्रदर्शन अगाडी पनि राम्रै चर्चा भएको थियो । जति चर्चा फिल्मको भयो उति नै चर्चा साम्राज्ञी र धिरजको जोडीको पनि भैराखेको छ । आजबाट फिल्म प्रदर्शनमा आईराख्दा झन् दर्शकहरु साम्राज्ञी र धिरजको जोडी कत्तिको सुहायो हेर्न आतुर रहेका छन् । फिल्मका केहि गीत र ट्रेलर हेरर निकै दर्शकहरुले रिल जोडीको निकै तारिफ समेत गर्दै आएका थिए । साम्राज्ञी र धिरजको जोडीलाई मन पराउने फ्यान तथा दर्शकहरुले उनीहरुलाई रियल जोडीका रुपमा पनि हेर्न चाहेका कुराहरु पनि आउने गरेको छ । निर्माण घोषणा भएको डेढ बर्ष भन्दा लामो समय अबधिमा फिल्म प्रदर्शनमा आएको हो । यो अबधिमा साम्राज्ञी र धिरज निकै आत्मीय पनि भैसकेका छन् । हामीले केहिदिन अगाडी फिल्मको बारेमा नायक धिरज मगर सँग फिल्मकै बारेमा कुराकानी गरेका थियौँ ।

 


पहिलो फिल्मबाटै अनमोल केसी, प्रदिप खड्का र पल शाह जस्तै स्टार हुन् भनेर तुलना गर्दा कस्तो लाग्छ ?

मलाई उहाहरु सँग तुलना गर्दा मलाई केहि प्रभाब पर्दैन किनकि यो फिल्डमा आफ्नै बाटोमा काम गर्न आएको हो । सबैभन्दा ठुलो कुरा त मेरो कामलाइ माया गर्दिए पुग्छ, तसर्थ मलाई कोही सँग तुलना गर्नु नै पर्दैन । जब फिल्मको निर्माण घोषणा भयो तब देखिनै पत्रकारहरुले नया स्टारको आगमन भयो भन्दा खासै फरक लाग्दैन ।

 

छायांकनको क्रममा साम्राज्ञीमा बढी ध्यान गयो कि रेनाशा जी मा बढी ध्यान गयो ?

 बढी ध्यान त मेरो रेनाशा जी मा नै गएको थियो । किनकि रेनाशा जी निर्देशक हो उहाले यसो गर उसो गर भनेर भन्नु हुन्थ्यो ।

 

साम्राज्ञी र रेनाशा जी मा को बढी हट हुनुहुन्छ ?

 दुवै जना हट हुनुहुन्छ,

 

तपाई र साम्राज्ञीलाई रियल जोडीको रुपमा हेर्न धेरै इच्छुक हुनुहुन्छ, तपाइँ के भन्नुहुन्छ ?

त्यो दर्शकको अधिकारको कुरा हो । उनीहरु सँग झगडा गर्ने कुरा पनि भएन, साम्राज्ञी र म राम्रो साथी मात्र हो । साम्राज्ञी काममा एकदमै जागरुक छ तसर्थपनि हाम्रो व्यक्तिगत सम्बन्ध केहि पनि छैन ।

 

साम्राज्ञी जी सँग फिल्ममा काम गर्न सजिलो कि अहिले भेटघाट गर्न सजिलो ?

 अबश्यनै फिल्ममा गर्नलाई सजिलो लाग्छ, किनकि हामि साथी भए पनि भेटघाटमा कुराकानी गर्छौँ, तर धेरै आत्मिय भएर भने कुरा गर्देनौँ ।

 

आगामी दिनमा कुन नायिका सँग काम गर्न मन छ ?

मलाई स्वस्तिमा खड्का सँग काम गर्न मन छ । किनकि स्वस्तिमा र मेरो उमेर पनि लगभग उस्तै रहेको छ । मलाई मन पर्ने नायिका पनि साम्राज्ञी नै हुन् । तसर्थपनि स्वस्तिमा सँग आगामी दिनमा स्वस्तिमा सँग काम गर्न मन छ ।


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस