इन्टु मिन्टु लण्डनमाको व्यापार आक्रमक

गफगाफ - शुक्रवार प्रदर्शन आएका चलचित्रहरु हुन इन्टु मिन्टु लण्डनमा, बाध मायाँले र धुम ३ । तिन चलचित्रहरु मध्य रेनशा वान्तवा राइ निर्देशित चलचित्र इन्टु मिन्टु लण्डनमा ले आक्रमक व्यापार गरिरहेको छ । प्रेम कथामा आधारित चलचित्र इन्टु मिन्टु लण्डनमा विशेषत युवा युवतीको रोजाइमा परेको छ । चलचित्रलाई संम्राज्ञी र धिरजको क्रेजले पनि फाइदा पुर्याएको देखिन्छ । शुक्रवार बाटै आक्रमक व्यापार सुरु गरेको यस चलचित्रले सनिबार अझ आक्रमक व्यापार गर्यो ।

शुक्रवार करिव ५५ लाख व्यापार गरेको चलचित्रले सनिवार झण्डै दोव्वर पुर्यायो । निर्देशक रेनशा वान्तवा राइका अनुसार सनिवारको देश भरिको व्यापार करिव १ करोड बराबर भएको थियो । शनिबार देशैभरका इन्टु मिन्टु लण्डनमा लागेका मल्टिप्लेक्स र सिंगल हल हाउफूल भएको बताइएको छ । आइतबार भने चलचित्रलाई बन्दको केहि प्रभाव परेको बुझिएको छ । चलचित्रको व्यापारलाई लिएर निर्देशक राइ तथा मुख्य कलाकार धिरज, संम्राज्ञी र सारुक पनि एक्साइटेड छन् । २ वर्ष देखिको मेहेनत को फल प्राप्त भएको छ निर्देशक राइको भनाइ थियो । चलचित्रका मुख्य ३ कलाकारलाई साथमा लिएर उपत्यकाका विभिन्न हलमा पुगेकी थिइन् निर्देशक राइ । कलाकारको साथमै बसेर चलचित्र हेर्न पाउदा दर्शकहरुले समेत खुशि व्यक्त गरेका थिए ।
यता यहि शुक्रवार बाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बाध मायाँले ।

चलचित्र रिलिज अघि चलचित्रको जति चर्चा थियो रिलिज पछि भने त्यो कायम हुन सकेन । चलचित्र बाध मायाले ले भने सामान्य व्यापार गरेको छ । सविर श्रेष्ठ द्धारा निर्देशित चलचित्र बाध मायाले इन्टु मिन्टु लण्डनमाकै चेपुवामा परेको छ भन्दा फरक नपर्ला । चलचित्रका गीत संगीतले दर्शकको मन राम्रै जितेको थिायो । चलचित्रको मलाइ मुटु हुनु छ तिम्रो बोलको गीतलाइ दर्शकले मन पराएका थिए । चलचित्रमा आर्यन अधिकारी,स्रीष्टी श्रेष्ठ,किसोर खड्का लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । मल्टिप्लेक्स र सिंगल हलमा गरि उपत्यकामा करि १५ वटा हलहरुमा चलचित्र लागिरहेको र व्यापार आक्रमक नभए पनि सन्तोष जनक रहेको चलचित्रका निर्देशक सविर श्रेष्ठले बताएका छन् ।

त्यस्तै सोहि दिनबाट प्रदर्शनमा आएको चलचित्र हो धुम ३ । अन्य २ चलचित्रको तुलनामा प्रचार प्रसारमा पनि पछाडि देखिएको थियो यो चलचित्र । दर्शकले पनि चलचित्रलाइ त्यहि तरिका ले लिए । तर निर्माण युनिटले भने हल सञ्चालकहरुले आफ्नो चलचित्रलाई वास्ता नगरेको आरोप लगाएका छन् । जय किसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धुम ३’ मा अलिना रायमाझी, जय किसन बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस