नेतामाथि कुन्जनाको आक्रोश: कसरी अनुहार देखाउनु हुन्छ ?

गफगाफ -हाँस्य कलाकार तथा  सामाजिक अभिनयान्ता द्वय सीताराम कट्टेल र कुन्जना  घिमिरेले पछिल्लो समय कलाकारितामा भन्दा पनि सामाजिक सेवा र काम बढी गरेको कुरा त सबैलाई अवगत नैछ ।  यो जोडीले २०७२ सालमा गएको महाभुकम्प पछि घरबार बिहिन भएका केही परिवारका लागि घर समेत निर्माण गरिदिईसकेका छन्  । उनीहरुले देश र जनाताका लागि गरेको कामले सम्पूर्ण देशवासी नै खुशी छन् । केहीले धुर्मुस अर्थात सीताराम नै देशको प्रधान मन्त्री हुनुपर्ने सुझाव दिँदै पनि आएका छन् । उनीहरुको बारेमा यस्ता थुप्रै ट्रोलहरु पनि भईरहेका हुन्छन् । उनीहरुले देशको लागि गरेको काम देखेर केहीले उनीहरुले अब राजनीतिमा प्रवेश गर्नु पर्ने सुझाव समेत दिएका छन् ।  तर धुर्मुस सुन्तलीले भने अहिले नै राजनीतिमा लाग्ने विषयमा केही पनि सोचेका छैनन् ।


हालै मात्र यहि विषयमा हामीले उनीहरुसँग कुराकानी गर्ने मौका पायौँ । यस विषयमा बोल्दै सीतारामले भने,  ’हामीलाई राजनीतिमा लाग्ने ईच्छा चाहना अहिले नै छैन । तत्काल हामीले यस विषयमा केही पनि सोचेका छैनौँ  । अनि हामीले राजनीतिमा लाग्नका लागि सामाजिक काम गरेका पनि हैनौँ ।  हाम्रो काम राजनीतिको जग खन्नका लागि हैन । काम गर्ने सिलसिलामा  अघि बढिरहँदा खेरि नेपाली दिदी बहिनी दाज भाईहरुले हामीलाई जुन किसिमको विश्वास गर्नु भएको थियो  हामीले गरेको काम पनि विकास निर्माणकै काम हो । देश बनाउन सकिन्छ ।  विकास गर्न सकिन्छ भन्ने उदाहरण हो । ईच्छा शक्ति भएको खण्डमा देश विकास गर्नको लागि पञ्च वर्षिय योजना नै बुनिरहनु पर्छ जस्तो मलाई लाग्दैन ।  हामी देशको नेतृत्व गर्न नसक्ने हैन । उनले  र मैले देश बनाउन सक्छौँ ।  त्यसको खाका त्यसको भिजन  कुन तौर तरिका अपनाएपछि देश बन्न सक्छ भन्ने कुराको मुलभुत आधार र सुत्रहरु हामीलाई थाहा भईसकेको छ  ।

समाज रुपान्तरण गर्न सक्नु पर्छ । समाजलाई एकिकरण गरियो भने राष्ट्र बनाउन धेरै समय लाग्दैन । भोलिको कुरा भोलिलाई नै छोडिदिउँ । भोलिका दिनमा गएर सबै नेपाली दाजु भाई तथा दिदी बहिनीले  तपाईँहरुले देश विकास गर्नुपर्छ । नेतृत्व लिनु पर्छ । देश बचाईदिनुस बनाईदिनुस भनेर सामूहिक आवाज आएको खण्डमा हामी त्यो कुरामा पछि हट्ने छैनौँ  ।’


सीतारामले यति भनिसकेपछि कुन्जनाले पनि अगाडि थपिन्,  ’यसमा म के भन्छु भने देश बनाउन तपाईँहरु चहियो ।  देशलाई तपाईँहरुको खाँचो छ  । यस्ता कुराहरु सुन्छु । मलाई लाग्छ सकारात्मक सोच भएको मान्छे नै देश विकासको लागि  खाँचो छ ।  हामी वा अरु कोही हैन ।  देशलाई लिड गर्न सक्ने मान्छेको खाँचो छ । पोलिटिकल हिसाबले  सोच्दा खेरि हामीलाई एउटा हत्यारा समाउन पनि ठूलो सञ्जाल बुनेको जस्तो कहाँबाट कहाँ, कहाँबाट कहाँ   उसले उसलाई दुनियाँ दोषि देखायो । हैन भको चाहि के छ ? मलाई अचम्म लाग्छ । अनि कुरा चाहि बाहिर बाट हस्तक्षेप सम्मका कुरा पुग्छन् । सामान्य रुपमा लिने हो भने त्यहिको त्यहि एउटा हत्यारा हिनिरहेको हुन्छ । यो चािह किन कारबाही हुन सक्या छैन ।  

 

यो सबै राजनीतिक खिचातानी  हो । एउटाको शासनमा अर्कोले सफल हुन नदिने  । अनि अर्कोको पालो आउँछ अर्कोले  सफल हुन  नदिने  । यहि कारण हत्यारा पत्ता लागेको छैन । पैला हाम्रो आमाहरुको पालामा केही हुने बित्तिकै सबैलाई थाहा हुन्थ्यो । ठूलो खैला बैला  हुन्थ्यो । अहिले भने यहि को यहि हत्यारा हिनिराको हुन्छ । तर कसैले समाउन सकेको छैन । 

अहिले यहि को यहि अपराधी हिन्छ । मान्छे मर्छ । हत्या हुन्छ । कसैलाई कसैको मतलब छैन ।  देशको त्यो अवस्था बन्यो । यो सबै भएको बाहिरि हस्तक्षेपले हैन । हामी बाहिरको देशको सिमाना बढाउन गाको होर हामीलाई आफ्नो देश विकास गर्न गाह्रो भएको  ?  देशमा ठाउँ नभएर विकास नगर्या हो र हामीले ? कि देश  सानो भयो ठाउँ पुगेन अनि बाहिरको सिमाना ल्याएर बढाएर विकास गरौँ भनेर देश विकासमा ढिला भएको हो र ? 


ए बाबा त्यहि भत्किरहेको बाटो टाल्नलाई किन यति गाह्रो ?  एउटा दुख परेको घरमा गएर समवेदना तपाईँले प्रकट गरिदिनुस त त्यो परिवार कति खुशी हुन्छ । एउटा नेतृत्व  तहमा बसेको मान्छेले दुख परेकाहरुलाई सान्त्वना दिने थमथम्याउने म छु । तपाईँको अपराधीलाई म समात्छु भनेर हेर्नुस त उहाँहरु कति खुशी हुनुहुन्छ ।
 Image may contain: 2 people, people smiling, people standing
हाम्रो देशमा कति बालबालिकाहरु स्कुल जान पाएका छैनन् । अनि सरकारले कहिले काही हामीसँग अािर्थक समस्या छ भनेर भनिरहेको हुन्छ । अनि हामीले पनि त हामीसँग प्रशस्त पैसा भएर समाज सेवा गर्न शुरु गरेको त हैन नि । हामीलाई सबै नेपाली दाजु भाई, दिदीबहिनीहरुले नै सहयोग गर्नु भएको हो ।

अनि आज सरकारले देश बनाउँछु भन्दा कुन चाहि नेपालीले सहयोग गर्दैन होला के ।  यो नेतृत्व तहमा हामी चाहिएको हैन । त्यहाँ बसेका मान्छेहरुले चाहि यति पनि किन नगर्या ? देश विकास गर्न भनेर ठूलो जटिलता देखाउँछन् मान्छे । टाई सुट बुट लगाएुर र विदेश गईरहेका हुन्छन् । घरि कहाँ घरि कहाँ गईरहेका हुन्छन् । हैन त्यो विदेशमा किन गाको ? यता बौद्ध जोरपाटीको बाटो टाल्नलाई त्यता सोध्न गाको हो की । काठमाण्डौको क्षमता भन्दा बढी गाडीहरु भएर जाम भईरहेको छ भनेर त्यो बुझ्न गाको होकी   । मलाई अचम्म लाग्छ । 

देश विकास गर्नलाई, समाज परिवर्तन गर्नलाई राजनीति गर्नै पर्छ भन्ने छैन । घरमा छोरीले पढेपछि बाऊले शुल्क तिर्दिनु परेन । छोरा छोरी चाहि टन्न जन्माउने अनि फिस तिर्ने बेलामा नतिदिर्ने । मैले भन्न खोजेको चाहि देशका  यत्रा जनतालाई पाल्छु । सबैलाई सुख, शान्ती सयल गराउँछु भन्दै नेतृत्व तहमा बसेपछि  जनताको सानो माग पूरा गर्न नसक्नेले  त त्यहाँ बस्नु पनि किन ?

चुनाव आउँदा खेरि चाहि यो पार्टी उ पार्टी मेरो मान्छे तेरो मान्छे भनेर जिताउने । यहि कारण घरमा लोग्ने स्वास्नीकै झगडा पर्छ ।  लोग्ने एउटा पार्टी श्रीमती अर्को पार्टी  । अनि यो सब देखेर बच्चाहरु ट्वाँ पर्छन् । त्यो बच्चलाई त्यहाँ देखि नै राजनीतिमा बितृष्णा हुन थाल्छ ।  राजनीति आफैमा नराम्रँे हैन नी त  ।  तर यसलाई राम्रो बनाउन सकिएको छैन । 
विकास गर्ने कुरामा तपाईँको देशमा भत्किएका बाटो टाल्ने कुरामा म तयार छु । तपाईँ भोट यस्तो मान्छेलाई हाल्नुस जसले जितेर नेतृत्व तहमा पुगेपछि विकास गर्न बाध्य बनोस् । तपाईँको भोट तपाईँको सोच निष्पक्ष हुनुपर्यो । 
हामीले पनि त देशमा भुईचालो जाला र हामीले देश विकास गरौँला भनेर सोचेका थिएनौँ । हामी त त्यतिबेला अमेरिकामा बुढाले बुढीलाई अनि बुढीले बुढालाई गाली गरेर दुई चार पैसा कमाउँदै थियौँ । एउटा सामान्य धुर्मुस सुन्तली भएर विदेश कस्तो रहेछ हेर्दै थियौँ । तर हामी त्यहाँबाट फर्केर समाज सेवी बन्यौँ । यो त हाम्रो प्लान अनुसार भएको हैन । 

Image may contain: 2 people, people smiling
राजनीतिमा पनि हाम्रो केही योजना छैन । मान्छेहरु धेरैलाई लाग्छ यी धुर्मुस सुन्तलीको पछाडि त के ठूलो  चिज छ होला भन्ने । केही पनि छैन । हामी साधारण छौँ । त्यो राजनीति भित्र जान सक्ने र त्यो बुझ्ने सोचाई पनि छैन ।  त्यो बुझ्यो भने त म ढल्ने रहेछु ।  
यति सम्मको सोचाई अहिले विभिन्न काण्डहरुले मचाई रहेको छ । त्यस कारण यस्तो किसिमको राजनीति गर्नु चाहि छैन । तर देश विकास गर्ने ठाउँमा, काठमाण्डौलाई हरा भरा बनाउने ठाउँमा  आउनुस एक भएर काम गर्नु पर्यो भने त्यसलाई राजनीति भन्छन् की के भन्छन्  तपाईँहरुको भाषामा जान्नुस । त्यो काममा चाहि हामी अघि बढ्न सक्छम् ।’

कुन्जनाले यति भनेपछि  सीतारामले पनि उनको कुरामा सहि थापे । फेरि कुन्जनाले थपिन, ’मलाई धेरैले आक्रोशित भन्नुहुन्छ । तर  अहिले नेपालमा बस्ने सबै नेपाली आक्रोशित हुने बेला छ । कतै जानु पर्यो भने घण्टौँ जाममा बस्नुपर्छ । बाटो साँघुरो ।  गाडीको चाप बढी । अनि एउटा बाटो जाम हुने बित्तिकै चारवटा बाटो जाम हुन्छ । न दायाँ जान सकिन्छ । न बायाँ ।  स्कुल जाने बच्चाहरु समयमा स्कुल पुग्दैनन् । अफिस  जाने आमा बुवा समयमा पुग्दैन । बिरामीलाई समयमा अस्पताल पुर्याउन सकिएको छैन ।  काठमाण्डौको जाममा परेपछि उम्किनै मुश्किल छ ।  

अनि त पारा तात्छ ।  हरेक नेपालीको पारा तात्ने काम भईरहेको छ । किन देश सिस्टममा चल्न सकेको छैन ।  यति पनि व्यवस्थित गर्न नसक्नेले के राजनीति गर्नु ? के नेतृत्व तहमा बस्नु ?   सम्बन्धित निकाय र सम्बन्धित वर्गलाई एउटा ठूलो प्रश्न छ, कसरी अनुहार देखाएर हिड्न सक्नुहुन्छ ? म पोईल गएर मेरो छोरीको अगाडि मैले कसरी मुख देखाउने होला । म  कति निर्लज्ज हुन्छु होला । त्यसरी बुझिदिनु भयो भने राम्रो हुने थियो ।  देशमा जता जाउँ कतै पनि मान्छेलाई सन्तोष छैन ।  कुनै पनि नेपालीलाई सुख शान्ती छैन । 
जो नेतृत्व तहमा हुनुहुन्छ उहाँहरुलाई यी तीन करोड जनताको श्राप त लाग्छ लाग्छ ।’ 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस