स्वस्तीमाको हातमा फेरि अर्को फिल्म

अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय एक पछि अर्को सिनेमामा अनुबन्धित हुँदै गएकी छिन् । केही दिन अघि मात्रै सिनेमा बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला दाल भात तरकारीको तयारीमा छिन् । यहि समयमा उनी अर्को सिनेमामा अनुबन्धित भएकी छिन् । 


विकास राज आचार्यले निर्माण गर्न लागेको आगामी सिनेमा हजार जुनी सम्ममा स्वस्तीमा अनुबन्धित भएकी हुन् । 
केही समय अघि देखि यो सिनेमाको लागि विकासले अभिनेताको खोजी गरिरहेका छन् । अब छानिने नयाँ अभिनेताले स्वस्तीमाको जोडी भएर काम गर्न पाउने भएका छन् । अहिलेसम्म अभिनेताको टुंगो लागिसकेको भने छैन ।


सिनेमा ‘होस्टेल रिटर्न्स’ मार्फत अभिनयमा डेब्यु गरेकी स्वस्तीमालाई एउटा गीतले करिअरमा चर्चा र  सफलता दियो ।  निर्देशक तथा स्वस्तीमाका श्रीमान् निश्चल बस्नेत संग सिनेमा ‘दुइ रुपैया’ मा समावेश ‘कुटमा कुटु’ बोलको गीतमा काम गरेपछि स्वस्तीमाको करिअर निरन्तर अघि बढेको छ । 

 

त्यस्तै यहि गीतको सफलता पछि उनले सिनेमा ‘छक्का पन्जा २’ मा उनले काम गरिन् । यो सिनेमाले उनको चर्चा झन् बढायो । त्यस्तै उनले अभिनय गरेको सिनेमा ‘नाइँ न भन्नु ल ५ पनि प्रदर्शनमा आईसकेको छ । 


यो सिनेमाबाट पनि उनलाई सफलता मिलिसकेको छ । त्यस्तै उनको मुख्य भूमिका रहेको सिनेमा जय भोले’ फूलपातीको दिन देखि प्रदर्शनमा आउँदैछ भने अर्को सिनेमा ‘बुलबुल’ फागुनमा रिलिज हुने भएको छ । उनको माग र उनको काम हेर्दा अबका केही वर्ष उनी नेपाली सिनेमा उद्योगमा छाउने देखिन्छ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस