Tuesday, 26 Oct
01:00:00

तिन चलचित्रको भिडन्त आजबाट,कस्ले मार्ला बाजी ?

2018/09/11   Tek

गफगाफ- आज बाट एकै साथ तिन चलचित्र देश भर एकै साथ प्रदर्शन आएका छन् । आज बाट रिलिज भएका तिन चलचित्र हुन मिष्टर भर्जिन, जय शम्भु र ब्ल्याक । तीन युवाको यौनप्रतिको सोच र उनीहरुको दौडधुपको कथा बोल्ने चलचित्र मिष्टर भर्जिन विशारद बस्नेतको निर्देशनमा तयार भएको हो ।  यसले  मल्टिप्लेक्समा अन्य चलचित्रको तुलनामा केहि बढी शो पाएको छ । चलचित्रमा गौरव पहारि, विजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला सापकोटा, मरिष्का पोखरेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

त्यस्तै आजबाट चलचित्र ‘जय शम्भु’ पनि रिलिज भएका छ । अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा सिवाकोटीको त्रिकोणात्म प्रेम झल्किने यो चलचित्रमा एक्सन र लभस्टोरी दुबैको मजा लिन सकिने छ । 

यस्तै, आजैबाट चलचित्र ‘ब्ल्याक’ पनि रिलिज भएको छ । आश्मा पाण्डेको निर्माणमा तयर भएको चलचित्रमा प्रदिप श्रेष्ठको निर्देशन रहेको छ । चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, आयुष रिजालको मुख्य भूमिका छ ।

चलचित्र बजारमा  आशा गरिएका तिनै वटा चलचित्र एकसाथ रिलिज हुदा त्यसले चलचित्र युनिटलाई सफलता हात पार्न त्यति सहज भने छैन । तिनै चलचित्रले मल्टिप्लेक्समा आशा गरे अनुरुपको शो पाएका छैनन् । तिन मध्य कुन चलचित्रलाई दर्सकले रोज्छन त्यो भने हेर्न बाकि नै रहेको छ ।

तिनै चलचित्रलाई गफ गाफ डटकम को शुभकामना


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस