Tuesday, 26 Oct
01:00:00

चलचित्र भैरवीबाट प्रदिप आउट पल इन ?

2018/09/23   मनोज

गफगाफ -  दिनेश राउतको निर्देशनमा बन्ने भनिएको चलचित्र भैरवीमा अभिनेता प्रदिप खड्का अनुवन्धित भइसकेका थिए । तर अहिले आएर उनि चलचित्रबाट आउट भएको बुझिएको छ । यस चलचित्र बाट उनले ५ लाख रुपैया लिइ सकेको चर्चा थियो । चलचित्रमा प्रदिपलाई मात्र संझौता गरिएको थियो । नायिका सँग सम्झौता नभए पनि मौखिक रुपमा भने संम्राज्ञी राज्य लक्ष्मी शाह सँग कुरा भएको थियो । तर अन्त्यमा उनले नगर्ने भए पछि अभिनेत्री जसिता गुरुङलाई अफर गरिएको कुराले चर्चा पाएको थियो । 

पछिल्लो समयमा आएर कुरा अर्कै तिर मोडिएको छ । चलचित्र रोज पछि अन्य चलचित्रमा तत्काल सम्झौता नगर्ने गरि भैरवी निर्माण टिम र प्रदिप बिच सम्झौता भएको थियो तर प्रदिपले रोज पछि तत्कालै लभस्टेशन चलचित्र सँग सम्झौता गरिसकेका छन् । यसै कारणले पनि चलचित्र भैरवी बाट प्रदिप आउट भएको खवरले चलचित्र बजार यतिबेला तातिएको छ । प्रदिपलाई लिएर अहिले चलचित्र नबनाउने मनस्थितीमा निर्माता सुवास गिरी पुगेका छन् । प्रदिप बाहिरिएपछि निर्माता सुवास र निर्देशक दिनेश बिच प्रदिपको स्थानमा पल शाहलाई अफर गर्ने सम्झौता भएको बुझिएको छ । 

वुझ्नमा आएअनुसार, चलचित्रमा पल वा कुनै नयाँ अभिनेता हुनेछन् । चलचित्रको छायांकन चाडै सुरु गर्ने योजना भइरहेको बताइएको छ । निर्देशक राउत यतिबेला चलचित्र प्रसादमा व्यस्त छन् । सोहि कारण भैरवीको छायांकन ढिलो भएको बुझिएको छ ।  चलचित्र भैरवीमा पल शाह वा कुनै नयाँ अभिनेतालाई खेलाउने तयारी अघि बढाइएको बुझिएको छ ।


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस