एक हप्ता सम्मका फिल्मी गतिविधी... फिल्मी अपडेट

छक्कापञ्जा तिन दशैको घटस्थापनाका दिन

सर्वाधिक प्रतिक्षित चलचित्र छक्का पञ्जा ३ को टे्रलर रिलिज भएको छ । सगै चलचित्र रिलिज घोषणा समेत गरिएको छ । चलचित्र छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनाका दिनबाट अल नेपाल प्रदर्शन हुने भएको  छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार दिपक राज गिरी, जितु नेपाल,केदार घिमिरे,बुद्धि तामाङ, दिपिका प्रसाई लागायतलाई नै प्रस्तुत गरिएको छ ।चलचित्रमा शिक्षा क्षेत्रमा हुने राजनितीलाई मुख्य कथाबस्तुका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्रका निर्माता दिपकराज गिरीले जानकारी दिए । ६ एकान ६ बाट सुरु भएको यो यात्रा वडा नम्वर ६, छक्का पञ्जा, छक्का पञ्जा २ हुदै छक्का पञ्जा ३ सम्म आइपुगेको छ ।

चलचित्र छक्का पञ्जा ३ का २ वटा गीत यस अघि नै रिलिज भइसकेका छन् । चलचित्रमा समाबेश पहिलो नम्वरमा बोलको गीतले छोटो समय भित्रमा नै दर्शकको राम्रो साथ पायो युटुवमा १ करोड भिउ पुगेको उपलक्षमा चलचित्र युनिटले केक  काटेर शेलिव्रेशन नै गरेको थियो । दिपक शर्माको संगीतमा रहेको उक्त गीतमा डेबिट शंकर र बिन्दु परियारको स्वर रहेको छ । यो गीतले  हालको दिन सम्ममा १ करोड ३२ लाख ६४ हजार ३ सय भिउ कटाइ सकेको छ । 

यो गीतको चर्चा सेलाउन नपाउदै चलचित्र छक्का पञ्जा ३ को अर्को गीत सार्वजनिक भयो । पछि उमेर ढल्किन्छ बोलको उक्त गीत यतिबेला सर्वाधिक चर्चामा छ । अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा निशान भट्टराइ र एन्जिला रेग्मीको स्वर रहेको छ । चलचित्रको ट्रलर तथा रिलिज डेट घोषणा भए सगै सीने बजारमा चलचित्रको चर्चा ह्वात्तै बढेको छ । यस अघि आमा सरस्वती मुभिज प्रा लि मा बनेका चलचित्र सीने बजारकै उदाहरणिय भएका कारण पनि यस चलचित्रले सबैको ध्यान केन्द्रित गरिदिएको छ ।

यो व्यानमा निर्माण भएको पहिलो चलचित्र ६ एकान ६ लाई दिनेश डीसी ले निर्देशन गरेका थिए । हास्य टेलिश्रींखला बाट चलचित्र क्षेत्रमा प्रवेश गरेको यो टिमले निर्माण गरेको उक्त चलचित्रलाई दर्शकले राम्रो साथ दिए । पहिलो चलचित्रले सफल व्यापार गरेपछि यो टिमलाई अझ हौसला मिल्यो र सोहि टिमले अर्को चलचित्र वडा नम्वर ६ निर्माण गर्यो । चलचित्र वडा नम्वर ६ लाई उज्वल घिमिरे ले निर्देशन गरेका थिए । यो युनिटले निर्माण गरेको अघिल्लो चलचित्र जस्तै यो चलचित्रले पनि दर्शकबाट अत्यन्तै राम्रो साथ पायो । चलचित्र वडा नम्वर ६ ले आमा सरस्वती मुभिजलाई ब्राण्डका रुपमा स्थापित गर्यो ।

राम्रो चलचित्र निर्माण गर्न सके दर्शकको राम्रो साथ पाउन सकिन्छ भन्ने उदाहरण पनि यस चलचित्रले प्रस्तुत गरेको थियो । वडा नम्वर ६ पछि सोहि टिमले चलचित्र छक्का पञ्जाको निर्माण गर्यो । हास्य कलाकार दिपाश्री निरौलाले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गरेकी थिइन् । चलचित्र छक्का पञ्जा बाट दिपाश्री निरौलाले गरेको काम प्रति सबैले सम्मान व्यक्त गरेका थिए । चलचित्र छक्का पञ्जा चलचित्रको इतिहास मै सबै भन्दा धेरै व्यापार गर्न सफल भएको थियो ।

त्यस्तै उनै दिपाले निर्देशन गरेको चलचित्र छक्का पञ्जा २ ले पनि विभिन्न रेकर्ड राख्न सफल भएको थियो । चलचित्रले प्रदर्शन भएकै दिन करिव १ करोड ७० लाख बराबरको व्यापार गर्न सफल भएको थियो । मुख्य कुरा के हो भने दिपक राज गिरी दिपाश्री निरौला,जितु नेपाल र केदार घिमिरेको यो सहकार्यले नेपाली चलचित्र क्षेत्रको नै शिर उच्च बनाउने काम गरेको छ । यो टिमले निर्माण गरेको चलचित्र आफैमा ब्रान्ड बनिसकेको छ भने नेपाली चलचित्र नगरीमा राम्रो चलचित्र दिन सके करिव २० करोडको व्यापार हुन असम्भव नभएको प्रमाणित नै गरिसकेको छ । कुनै समय सामान्य नायिका हुदै हास्य कलाकारका रुपमा स्थापित भएकी दिपाश्री निरौला पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी गहना सावित भएकी छन् । 

इन्टु मिन्टु लण्डनमाको व्यापार आक्रमक

शुक्रवार प्रदर्शन आएका चलचित्रहरु हुन इन्टु मिन्टु लण्डनमा, बाध मायाँले र धुम ३ । तिन चलचित्रहरु मध्य रेनशा वान्तवा राइ निर्देशित चलचित्र इन्टु मिन्टु लण्डनमा ले आक्रमक व्यापार गरिरहेको छ । प्रेम कथामा आधारित चलचित्र इन्टु मिन्टु लण्डनमा विशेषत युवा युवतीको रोजाइमा परेको छ । चलचित्रलाई संम्राज्ञी र धिरजको क्रेजले पनि फाइदा पुर्याएको देखिन्छ । शुक्रवार बाटै आक्रमक व्यापार सुरु गरेको यस चलचित्रले सनिबार अझ आक्रमक व्यापार गर्यो ।

शुक्रवार करिव ५५ लाख व्यापार गरेको चलचित्रले सनिवार झण्डै दोव्वर पुर्यायो । निर्देशक रेनशा वान्तवा राइका अनुसार सनिवारको देश भरिको व्यापार करिव १ करोड बराबर भएको थियो । शनिबार देशैभरका इन्टु मिन्टु लण्डनमा लागेका मल्टिप्लेक्स र सिंगल हल हाउफूल भएको बताइएको छ । आइतबार भने चलचित्रलाई बन्दको केहि प्रभाव परेको बुझिएको छ । चलचित्रको व्यापारलाई लिएर निर्देशक राइ तथा मुख्य कलाकार धिरज, संम्राज्ञी र सारुक पनि एक्साइटेड छन् । २ वर्ष देखिको मेहेनत को फल प्राप्त भएको छ निर्देशक राइको भनाइ थियो । चलचित्रका मुख्य ३ कलाकारलाई साथमा लिएर उपत्यकाका विभिन्न हलमा पुगेकी थिइन् निर्देशक राइ । कलाकारको साथमै बसेर चलचित्र हेर्न पाउदा दर्शकहरुले समेत खुशि व्यक्त गरेका थिए ।
यता यहि शुक्रवार बाट प्रदर्शनमा आएको अर्को चलचित्र हो बाध मायाँले ।

चलचित्र रिलिज अघि चलचित्रको जति चर्चा थियो रिलिज पछि भने त्यो कायम हुन सकेन । चलचित्र बाध मायाले ले भने सामान्य व्यापार गरेको छ । सविर श्रेष्ठ द्धारा निर्देशित चलचित्र बाध मायाले इन्टु मिन्टु लण्डनमाकै चेपुवामा परेको छ भन्दा फरक नपर्ला । चलचित्रका गीत संगीतले दर्शकको मन राम्रै जितेको थिायो । चलचित्रको मलाइ मुटु हुनु छ तिम्रो बोलको गीतलाइ दर्शकले मन पराएका थिए । चलचित्रमा आर्यन अधिकारी,स्रीष्टी श्रेष्ठ,किसोर खड्का लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । मल्टिप्लेक्स र सिंगल हलमा गरि उपत्यकामा करि १५ वटा हलहरुमा चलचित्र लागिरहेको र व्यापार आक्रमक नभए पनि सन्तोष जनक रहेको चलचित्रका निर्देशक सविर श्रेष्ठले बताएका छन् ।

त्यस्तै सोहि दिनबाट प्रदर्शनमा आएको चलचित्र हो धुम ३ । अन्य २ चलचित्रको तुलनामा प्रचार प्रसारमा पनि पछाडि देखिएको थियो यो चलचित्र । दर्शकले पनि चलचित्रलाइ त्यहि तरिका ले लिए । तर निर्माण युनिटले भने हल सञ्चालकहरुले आफ्नो चलचित्रलाई वास्ता नगरेको आरोप लगाएका छन् । जय किसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धुम ३’ मा अलिना रायमाझी, जय किसन बस्नेत, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरविर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

अस्कर अवार्डका लागि नेपालबाट निता ढुंगाना अभिनित चलचित्र‘पञ्चायत’ छनोट

चलचित्र ‘पञ्चायत’ अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि छनोट भएको छ । एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले हरेक बर्ष अस्कर अवार्डको आयोजना गर्दै आएको छ । हुने नेपालबाट लाई गरिएको छ । अवार्डमा सहभागी हुनका लागि भने ‘तान्द्रो, पञ्चायत र माइ लभ’ दर्ता भएका थिए । तर ‘तान्द्रो र माइ लभ लाई पछि पार्दै चलचित्र पञ्चायत छनोट भएको हो । छनोछमा मरेका  तिनै चलचित्रहरुको एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरिय एवम् अब्बल दर्जाका सिर्जनाहरु रहेका थिए तर प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावानात्मक विश्लेषण लागायतका आधारमा भने शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको हो ।

अस्कर अर्वाडमा विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धा हुने गर्छ ।  नेपाली चलचित्र ‘पञ्चायत’ ५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र हो । अस्कर अवार्डका निम्ति नेपालबाट चलचित्र छनोट गर्न समिति नै गठन गरिएको छ । छनोट समितिमा संयोजक विमल पौडेल रहेका छन् भने सदस्यहरुमा राजेन्द्र शलभ, सामिप्यराज तिमिल्सिना, चिरञ्जीवी गुरागाँई, लक्ष्मीनाथ शर्मा,लोकेन्द्र पराजुली र प्रदिपकुमार उपाध्याय रहेका छन् ।

स्वस्तीमाको हातमा फेरि अर्को फिल्म

अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय एक पछि अर्को सिनेमामा अनुबन्धित हुँदै गएकी छिन् । केही दिन अघि मात्रै सिनेमा बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला दाल भात तरकारीको तयारीमा छिन् । यहि समयमा उनी अर्को सिनेमामा अनुबन्धित भएकी छिन् । विकास राज आचार्यले निर्माण गर्न लागेको आगामी सिनेमा हजार जुनी सम्ममा स्वस्तीमा अनुबन्धित भएकी हुन् । केही समय अघि देखि यो सिनेमाको लागि विकासले अभिनेताको खोजी गरिरहेका छन् । अब छानिने नयाँ अभिनेताले स्वस्तीमाको जोडी भएर काम गर्न पाउने भएका छन् । अहिलेसम्म अभिनेताको टुंगो लागिसकेको भने छैन ।

सिनेमा ‘होस्टेल रिटर्न्स’ मार्फत अभिनयमा डेब्यु गरेकी स्वस्तीमालाई एउटा गीतले करिअरमा चर्चा र  सफलता दियो ।  निर्देशक तथा स्वस्तीमाका श्रीमान् निश्चल बस्नेत संग सिनेमा ‘दुइ रुपैया’ मा समावेश ‘कुटमा कुटु’ बोलको गीतमा काम गरेपछि स्वस्तीमाको करिअर निरन्तर अघि बढेको छ ।  त्यस्तै यहि गीतको सफलता पछि उनले सिनेमा ‘छक्का पन्जा २’ मा उनले काम गरिन् । यो सिनेमाले उनको चर्चा झन् बढायो । त्यस्तै उनले अभिनय गरेको सिनेमा ‘नाइँ न भन्नु ल ५ पनि प्रदर्शनमा आईसकेको छ ।  यो सिनेमाबाट पनि उनलाई सफलता मिलिसकेको छ । त्यस्तै उनको मुख्य भूमिका रहेको सिनेमा जय भोले’ फूलपातीको दिन देखि प्रदर्शनमा आउँदैछ भने अर्को सिनेमा ‘बुलबुल’ फागुनमा रिलिज हुने भएको छ । उनको माग र उनको काम हेर्दा अबका केही वर्ष उनी नेपाली सिनेमा उद्योगमा छाउने देखिन्छ ।

 

 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस