आउदो शुक्रवार ‘कथा काठमाण्डु’‘अनुराग’ र ‘छिरिङ्ग’

गफगाफ - आउने हप्ता फ्राइडे रिलिज अन्तर्गत तिन चलचित्रहरु फ्लोरमा आउने तयारीमा छन् । शुक्रवार रिलिज हुन लागेका ३ चलचित्रहरु हुन् कथा काठमाण्डु, अनुराग र छिरिङ्ग । चलचित्र ‘कथा काठमाण्डु’ यतिबेला चर्चामा छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीतले चलचित्र नगरीमा अझ धेरै चर्चा पायो । यो गीत सार्वजनिक भए सँगै नायिका प्रियंका कार्कीको तारिफ र आलोचना  दुबै भयो ।  तर आलोचनाहरुलाइ ख्याल नगरि आफ्नो इन्स्टाग्राममा चलचित्रको ट्रेलरका केही दृश्यहरु शेयर गर्दै  चलचित्र ‘कथा काठमाण्डु’ सँग आवद्ध हुन पाएकोमा आफूलाई गौरवान्वित महशुश भएको प्रियंका उल्लेख गरेकी थिइन् । ‘कथा काठमाण्डु’मा महिला हिंसा, लागू औषत दुव्र्यसनी, जवरजस्ती करणी लगायतका कुराहरुबारे सन्देश दिने प्रयास गरिएको बताइएको छ । 

चलचित्र ‘कथा काठमाण्डु’मा संगीता श्रेष्ठको निर्देशन रहेको छ । काठमाण्डौमा बसोबास गर्ने ३ जोडीको जिवनमा आइ परेका समस्या र संघर्षका कथा लाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा प्रियंका कार्की , प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । विजय राईको लगानी रहेको चलचित्र असोज १२ गते अर्थात आउने शुक्रवार बाट अल नेपाल प्रदर्शनमा आउँने तयारीमा छ । 
यस्तै सोहि मितिबाट प्रदर्शनमा आउन लागेको चलचित्र हो अनुराग । पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको चलचित्र अनुराग पनि यति बेला चर्चा मै छ । ‘अनुराग’ को आधिकारिक ट्रेलर सार्वजनिक भए सगै चलचित्र चर्चामा आएको हो । चलचित्रमा अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमले डेव्यु गरेका छन् । एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् । समुन्द्र पण्डित चलचित्र अनुरागमा गायकको भुमिकामा प्रस्तुत भएका छन् ।  चलचित्रकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुचि रुाख्ने गर्छिन् र उनी  रागकहाँ संगीत सिक्न पुग्छिन् । 

एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।  चलचित्रका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुंगको शब्द रहेका छन् । चलचित्रमा एलिश कार्कीको ब्याकग्राउण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम, विक्रम स्वाँर र  प्रविण सिंहको कोरियोगाफी,  शान थापा र विजय बस्यालको पब्लसिटी डिजाईन किरण दाहालको कथा रहेको छ । सत्यराज चौलागाईँको  निर्देशन रहेको यस चलचित्रलाई गीता भटुवालले निर्माण गरेकी हुन् । असोज १२ गते बाटै प्रदर्शनमा अउन लगेको तेस्रो चलचित्र हो ‘छिरिङ्ग’ । चलचित्र गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बाका कारण चर्चामा छ  । चलचित्रमा गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बाका साथमा कामना भुजेल नायिकाको रुपमा प्रस्तुत भएकी छिन् ।

उपल्लो मुस्ताङको कथा बस्तु लाई दर्शाएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा को प्रस्तुतिकरण गर्छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथावस्तुमा पर्ने टिजरले दर्शाउँछ । ‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । चलचित्र ‘छिरिङ्ग’मा यश कुमारको निर्देशन रहेको छ ।  सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश कुमार र याम थापाले मिलेर लेखेका हुन् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस