gufgaf

प्रदीप र जसिताको लभ स्टेशनको शुभ मुहुर्त

2018/09/24   Gufgaf
   

अभिनेता प्रदीप खड्काको आगामी सिनेमा लभ स्टेशनको शुभ मुहुर्त गरिएको छ । सोमबार विहान पशुपति मन्दिरमा सिनेमाको शुभ मुहुर्त गरिएको हो । 
सिनेमाको छायांकन भने शुक्रबारबाट भारतको दार्जि्लिङबाट हुनेछ । यसको लागि सिनेमाको सुटिङ युनिट भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायक नायिका पर्सि मात्रै जाने भएको निर्माता गोविन्द शाहीले जनाएका छन् ।


उज्वल घिमिरेले निर्देशन गर्ने सिनेमा लव स्टेशनको छायांकन भारतको दार्जी्लिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम र फिक्कलमा हुनेछ । ५० दिनको छायांकन तालिका रहेको सिनेमामा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने पनि प्रदीपले बताए । 


आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गर्न लागेका हुन्।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस