Tuesday, 26 Oct
01:00:00

भद्रगोलका सितेबाको आयोजनामा राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता 

2018/09/24   Gufgaf

भद्रगोलका कलाकार सीते बा उर्फ मधुसुदन पाठकले आयोजना गरेको तेस्रो संस्करणको योनेक्स सनराइज जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दिपेश धामी विजयी बनेका छन् ।

बसुन्धारास्थित जेस्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा आइतबार भएको पुरुष एकल तर्फको फाइनलमा दोस्रो वरीयताका एपीएफका दिपेशले शीर्ष वरीयताका दुई पटकको च्याम्पियन रत्नजित तामाङलाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका हुन् । 

उपाधिसँगै दिपेशले ३० हजार रुपैया प्राप्त गरेका छन् । दोस्रो स्थानमा चित्त बुझाएको रत्नले १५ हजार प्राप्त गरे । सेमिफाइनलमा पराजित भएको प्रिन्स दाहाल र आर्मीका नवीन श्रेष्ठले समान ५ हजार रुपैया पाए । 

महिला एकलतर्फ आर्मीकी रसिला महर्जनले एपएफकी जेसिका गुरुङलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । 

आइतबारै रसिला यु–१५ गल्र्समा पनि च्याम्पियन बनेकी थिइन् । भद्रगोलका सीतेबाको जेष्ट ब्याडमन्टिन एकेडेमीको कोर्टमा गत बुधबारदेखि भएको प्रतियोगितामा ९ इभेन्टमा ४३ टिमका ३ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस