2.० मा १ लाख मोबाईलको प्रयोग, यसरी गरियो जम्मा 

अभिनेता रजनीकान्त र अक्षय कुमारको  मुख्य भूमिका रहेको सिनेमा २.० यसको निर्माण बजेटका कारण चर्चामा छ । यो सिनेमा भारतीय सिनेमाको ईतिहासमै महंगो सिनेमाको रुपमा रहेको छ । यो सिनेमा निर्माणमा  ५ सय ४३ करोड भारतीय रुपैयाँ खर्च गरिएको छ । निर्माण पक्षले सिनेमाको सेट तयार पार्न मात्रै ५० करोड खर्च गरेको छ । त्यस्तै सिनेमामा महंगो भि एफ एक्स प्रयोग गरिएको ।

केही दनि अघि मात्रै यो सिनेमाको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा डाक्टर रिचर्डले टेलिकमकम्पनीसँग बदला लिनको लागि  परै शहरका  मानिसहरुको मोबाईल फोन हत्याउँछ । यो  क्रममा सिनेमामा एक लाख मोबाईल फोनको प्रयोग गरिएको छ । 


सिनेमाको छायाकंन गर्नुभन्दा पहिले नोकिया कम्पनीको चेन्नई प्लान्ट बन्द भएको थियो । त्यहि समय निर्माण पक्षले त्यहाँका मोबाईल अलि सस्तोमा किन्ने योजना बनाएको थियो । यसका साथै डमी फोन पनि सिनेमाका लागि जम्मा गरिएको थियो । यसरी जम्मा भएका मोबाईल फोन सिनेमाको छायाकंनका  बेलासम्म  एक लाख भएका थिए  ।

यस सिनेमामा अभिनेता अक्षय कुमार भिलेनको भूमिकामा प्रस्तुत भएका छन् । उनलाई टिजरमा भने जम्मा दुई सिनमा देख्न सकिन्छ । 

निर्माण पक्षले यस सिनेमालाई हिन्दी बाहेक अन्य १३ भाषामा रिलिज गर्ने भएको छ ।  अलिराजा सुवास करणको निर्माण रहेको यो सिनेमामा ए आर रहमानको संगीत रहेको छ । 
सिनेमामा रजनीकान्त र अक्षय कुमारका अलावा  एमी ज्याक्सन पनि मुख्य भमिकामा छिन् । इो सिनेमालाई तमिलमा लाईका प्रोडक्शनले वितरणको जिम्मा लिएको छ भने हिन्दीमा धर्मा प्रोडक्शनले । 

यश शंकरको कथा तथा निर्देशनमा तयार भएको यो सिनेमाले नोभेम्बर २९ लाई आफ्नो प्रदर्शन मिति तोकेको छ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस