फ्यानबाटै बिवाहको प्रस्ताब आउछ त्रिशाला गुरुङ

गफगाफ - त्रिशाला गुरुङ युबा पुस्तामा चर्चित नाम हो । कभर गायिकाको रुपमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । त्रिशालाको सुरिलो आवाजमा रहेको कभर गीतहरु नसुन्ने युबा पुस्ता कमै होलान् । केहि बर्ष यता त्रिशलाका थुप्रै कभर गीतहरु बजारमा आएका छन् । ’सपना भै’, ’उकाली चढौँला’, ’गैरी खेतको’, ’पोहोर साल’, ’तिम्ले त होइन’ लगायतका थुप्रै हिट कभर गीतहरु उनले गाइसकेकी छन् । त्रिशलाको आवाज जति सुमधुर छ त्यति  नै सुन्दरी समेत  छिन् । उनै सुरिलो आवाजकी धनि त्रिशालासंग हामीले कुराकानी गरेका छौँ । 

  • जी हिजो आज के मा ब्यस्त हुनुहुन्छ ? 

अहिले नया गीतको तयारी गर्दै छु ।

  • नेपालमा २ वटा रियालिटि सो हरु चलचिरहेका छन् तपाइँलाइ सहभागी हुन मन लागेन ? 

भाग लिने समयमा म पढाईमा ब्यस्त भएर हो, त्यो बेलामा मेरो परिक्षा चलिरहेको थियो । तसर्थ मैले रियालिटी शो मा जानलाई पढाईलाई छोड्नु पर्ने भएर जान सकिन । 

  • यदी तपाईको पढाई सकिएको भए ’नेपाल आईडल’ र ’भ्वाईस अफ नेपाल’ मध्य कुनमा जानुहुन्थ्यो ?

हाहाहा कस्तो अलमल्ल परे म त उम सायद ’भ्वाईस अफ नेपाल’ जान्थे । 

  • तपाई र गायिका तिर्सना गुरुङमा दर्शक  झुक्किनुहुन्छ रे नि ? 

सायद नाम उस्तै भएर पनि होला । त्यस माथी थर समेत मिल्ने भए पछि झन भुक्किनु हुन्छ । 

  • तपाईले गाएका कभर गीतहरु सफल भएका छन् तर आफ्नै गीत भने कम छन, किन होला ?

 हजुर दर्शक हरुबाट पनि यो गुनासो आउने गरेको छ । त्यसैले अब छिटै आफ्नै गीतहरु लिएर आउदै छु ।

  • गायन क्षेत्रमा आवद्ध हुनुहुन्छ तर अध्ययन भने मेडिकल सम्वन्धी गर्नु भएको छ 

 हजुर म मेडिकलको बिध्यार्थी हो । गायन क्षेत्रमा मलाई पहिला यति ध्रेरै आत्म विश्वास नै थिएन तर पछि सबैको मायाले राम्रो भएको छ, । त्यसैले गीत संगीतलाई निरन्तरता दिदै जाने छु ।

  • यस क्षेत्रमा लाग्नका निम्ति घर परिवार बाट कत्तिको साथ पाउनु भएको छ ?

स् सुरुमा सपोर्ट गर्नु भएको थिएन तर अहिले चाही सबैको मायाले गर्दा उहाहरुले पनि साथ दिनु भएको छ ।

  • राम्री  हुनुहुन्छ, फिल्मबाट अफर आएको छैन ?

अफर नै नआएको हैन केहि फिल्म बाट आएको छ, तर मलाइ नै अहिले फिल्ममा काम गर्ने रहर छैन ।

  • कहिले काहि फ्यानहरु बाटै विवाह प्रस्ताब आउदैन ?

बिवाहका निम्ति प्रस्ताव गर्ने पनि धेरै हुनुहुन्छ तर अहिले म आफ्नो करियरलाई ध्यान दिइ रहेको छु ।
 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस