कथा काडमाडौं : प्रियंकाले खोलिन मुख, मौन रहनु प्रचारात्मक शैली

गफगाफ - असोज १२ गतेबाट अल नेपाल प्रदर्शनमा रहेको छ चलचित्र कथा काडमाडौं’ । पछिल्लो समय चलचित्र कथा काडमाडौं’ कस्तो व्यापार गर्ला भन्ने कौतुहल्ता बढेको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरी बीचको अन्तरंग दृश्यले विशेष चर्चामा रहेको चलचित्र हो कथा काडमाडौं’ । गीत सार्वजनिक भएसँगै प्रियंका र प्रमोद दुवैको आलोचना र प्रशंसा दुबै भएको छ । गीत सार्वजनिक भए पछि जति चर्चा पाएको थियो, चलचित्रको ट्रेलर सार्वजनिक भए पछि ट्रेलरमा समवेश दृश्यले अझ धेरै प्रथामिकता पायो । तर यस्ता सबै चर्चा परिचर्चाका विच अभिनेत्री प्रियंका कार्की भने चुप थिइन् । 

ट्रेलर सार्वजनिक लगायत चलचित्र युनिटले आयोजना गरेका विभिन्न कार्यक्रममा पनि नायिका कार्की उपस्थित थिइनन् । उनी चलचित्र निर्माण टिमले आयोजना गरेका कुनै पनि कार्यक्रममा अनुपस्थित रहेका कारण निर्माण टिम नै उनि सँग असन्तुष्ट रहेको खवरले एक ताका राम्रै प्राथमिकता पाएको थियो ।   तर त्यसको केहि समय पछि अभिनेत्री कार्कीले आफ्नो इन्स्टाग्राममा चलचित्रको ट्रेलरका केही दृश्यहरु शेयर गर्दै  चलचित्र ‘कथा काठमाण्डु’ सँग आवद्ध हुन पाएकोमा आफूलाई गौरवान्वित महशुश भएको उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन् ‘कथा काठमाण्डु’ चलचित्रमा रहेको मेरो पात्रले हाम्रै समाजमा लुकेको वा देखिएर पनि नदेखिएको अनि देख्न नचाहिएको पात्रको कथा बोलेको छ । महिला हिंसा, लागू औषत दुव्र्यसनी, जवरजस्ती करणी लगायतका कुराहरुबारे हामी सभ्य समाजका प्राणीहरु देखेर, वुझेर, अनी के गर्नु पर्छ थाहा भएर पनि कमै बोल्छौ ।

मैले त्यहि कुरालाई प्रस्तुत गर्ने प्रयास गरेको छु । मैले चलचित्रमा निर्वाह गरेको भुमिका धेरै चुनौती पुर्ण छ ’। त्यो पात्रमा आफुलाई योग्य देखेका कारण पनि निर्माण टिमलाई धन्यवाद  व्यक्त गरेकी थिइन् । तर उनले चलचित्रका विषयमा मिडियामा भने कुनै धारणा नराखी मौन थिइन् । तर अहिले आएर अभिनेत्री कार्कीले आफ्नो मौन तोडेकी छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफुले चलचित्रमा प्रस्तुत गरेका दृश्यको बिषयमा नबोल्नु चलचित्र युनिटकै योजना रहेको बताएकी छन् चलचित्र युनिटको प्रचार योजनाका कारण आफु हाल सम्म मौन् रहेको उनको भनाइ थियो । ‘गीत सार्वजनिक गर्दा नै चलचित्र निर्देशकले आफुलाई मौन रहन भन्नु भएको थियो । ‘मलाई लाज लागेर,अप्ठ्यारो लागेर वा अन्य केही कारण भएर म नबोलेको होइन’ उनले भनिन् । ‘मैले दिएको दृष्यका कारण मलाई विभिन्न टिप्पणीहरु आएका छन । ‘त्यसलाई मैले दर्शकको मायाँका रुपमा लिएकी छु ।’ यस अघि मैल धेरै चलचित्रहरुमा अभिनय गरिसके तर यस अघि गरेका सबै काम एउटै किसिमका थिए । त्यसैले कथा काठमाडांैमा दिएको दृश्यमार्फत चलचित्रको ट्रेन्ड नै परिर्वतन गर्न खोजेको नायिका कार्कीको भनाइ  थियो । 
कार्यक्रममा निर्देशक संगीता श्रेष्ठले चलचित्रको कथाले माग गरे अनुसारकै दृष्य प्रस्तुत गरिएको बताइन् । प्रियंका र प्रमोदको उक्त दृश्यबिना चलचित्र नै अधुरो हुने उनको भनाइ थियो । हामीले चलचित्रमा ३ वटा कथा उठान गर्ने प्रयास गरेका छौ । तीन कथा मध्ये एक कथा प्रमोद र प्रियंकाले निर्वाहा गरेका छन् । महिला माथी हुने यौन हिंसा पनि चलचित्रले देखाउने प्रयास गरेका कारण उक्त दृश्य राख्नु परेको निर्देशक श्रेष्ठको भनाई थियो । आफ्नो चलचित्रलाई लिएर सकारात्मक र नकारात्मक दुबै टिप्पणी आइरहेका छन् । उनले भनिन् ‘अहिले उठेका सबै कुराको जबाफ चलचित्र रिलिज नै हो ।’ अभिनेता प्रमोद अग्रहरीले चलचित्रमा समावेश रहेको उक्त दृश्यले काठमाडौं कै एउटा समाज भित्र रहेको एक चरित्रको कथा भएको सुनाए । ‘हिंसा बन्द गरौ’ भन्ने नै चलचित्रको मुख्य आसय रहेको उनको भनाई थियो ।

चलचित्रमा प्रमोद अग्रहरी, प्रियंका कार्की,आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, सन्ध्या केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । सञ्चारकर्मी समेत रहेकी संगीताले चलचित्र कथा काडमाडौं’बाट निर्देशनमा डेब्यु गरेकी हुन् । विजय राईको निर्माण रहेको ‘कथा काठमाडौं’को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । 
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस