भविष्यवाणीः छक्का पञ्जा ३ को व्यापार ३० करोड माथी 

गफगाफ - सबैलाई पर्खाइ थियो । छक्का पञ्जा ३ कहिले बाट प्रदर्शनमा आउछ ? किन ढिला भयो ट्रेलर रिलिज गर्न ? किन चलचित्र प्रलर्शन मिति घोषण नगरेको ? यो कौतुहलता रहनु सामान्य हो । किन की चलचित्रले एउटा ब्राण्ड बनाएको छ । राम्रा चलचित्रको निर्माण गरेर दर्शकलाई लोभ्याएको छ । दिपक दिपाको एउटा चलचित्र हेरिसके पछि अर्को कस्तो बन्ला भन्ने कौतुहलता बढाइ दिएको छ । त्यसैले त छक्का पञ्जा ३ सबैको प्रतिक्षित बनेको छ ।

लामो समयको पर्खाइ पछि चलचित्रको टे्रलर रिलिज भयो । सगै प्रदर्शन मिति पनि घोषणा भयो । अब दर्शकले चलचित्र छक्का पञ्जा ३ दशैको घटस्थापनाका दिन अर्थात असोज २४ गते हेर्न पाउने पक्का भइसकेको छ । सबैको कौतुहलता मेटियो तर फेरी अर्को प्रश्न सुरु भएको छ । चलचित्रले कस्तो व्यापार गर्ला ? पहिले आफैले बनाएका रेकर्ड तोड्न सक्ला चलचित्र छक्का पञ्जा ३ ले ? संचारकर्मी नरेश भट्टराईले छक्का पञ्जा ३ को ट्रेलर रिलिजकै दिन कार्यक्रम स्थलमा छक्का पञ्जा ३ ले ३० करोड माथी को व्यापार गर्ने भविष्यबाणी गरे ।  नरेशको अनुमानलाई सहि हो त हामीले दिपाश्रीलाई प्रश्न तेर्सायौं , नरेशजीको मुखमा दुधर भात मात्रै भनिन् ।

अहिले पुरै नेपाली चलचित्र क्षेत्रले नै छक्का पञ्जा ३ लाई कुरिरहेको छ र छक्का पञ्जा ३ को सफलता र असफलताको अनुमानमा प्रतिक्षा गरिरहेको छ । तर काग कराउदै गर्छ पिना सुक्दै गर्छ यहि उखान लागु गरेका छन्, दिपक दिपा जितु र केदारको यो समुहले । खुट्टा तान्ने तान्दै गर्छ हामी दर्शकलाई राम्रो चलचित्र दिदै जान्छौ । यस्का उदाहरण यहि व्यानरले निर्माण गरेका यस हघिका चलचित्रहरुले राखेका रेर्कडहरुले प्रस्तुत गरिसकेका छन् ।

छक्का पञ्जा र जय भोले बिच अन्तिम समयमा समझदारी
यसै विच चलचित्र छक्का पञ्जा र जय भोले एकै दिन बाट प्रदर्शनमा आउने कुराले बजार रामै्र सग हल्लाएको थियो । छक्का पञ्जालाई पछि पार्नका निम्ति यहि एउटा उपाय सोचेका थिए खुट्टा तान्नेहरुले । तर यो प्रयास पनि अन्तत सफल हुन सकेन । चलचित्र जय भोले फुलपातीका दिनबाट लाग्ने पक्का भइसकेको छ । यस विषयमा छक्का पञ्जा र जय भोले युनिट विच लिखित सम्झौता नै भइसकेको बुझिएको छ ।

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको चलचित्र छक्का पञ्जा तिनलाइ दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दिपक राज गीरी, जितु नेपाल,केदार घिमिरे,वुद्धि तामाङ दिपिका प्रसाइ लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।यता चलचित्र जय भोलेको निर्देशन असोक शर्माले गरेका हुन् । चलचित्रमा खगेन्द्र लामिछाने,सौगात मल्ल, स्वस्तिमा खड्का, वुद्धि तामाङ, सलोन बस्नेत लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस