Tuesday, 26 Oct
01:00:00

पप्पु क्यान डान्स साला : आजका हेडलाईनहरु

2018/09/25   गजुरियल क

*जनप्रतिनिधिलाई बिदेश भ्रमणमा जान मन्त्रीको स्वीकृति अनिवार्य 
कुरो राम्रो, काम चाम्रो -कार्यन्वयनमा शंका छ हाम्रो ! 

*गंगामायाका छोरा नूर प्रसाद अधिकारी पक्राउ, ज्यान मुद्दामा अनुसन्धान थालियों
बाबु मर्नु, आमा थला पर्नु, छोरो जेल पर्नु ! 

*नेकपा सचिवालायको निर्णय स्थायी समितिले उल्टाउन सक्छ: युवराज ज्ञवाली
कमरेडले सोचेको परिणाम आएनछ क्यार, कुरो बुझ्नु घर तिर कुद्नु ! 

*बल्ल प्रदेश सरकारले कार्यकारी अधिकार पायो: मुख्यमन्त्री राइ 
लौ हेरौ न त तपाईंको ल्याकत्, अब केन्द्रलाइ देखाएर रमिता हेर्न मिल्दैन क्यारे ! 

*विप्लव समुहका प्रभात चलाउने र जन्मदेव जैशी सहित ५ जना पक्राउ
प्रभात चलाउनेलाइ किन चलाउने ! दीवा चलाउने र संध्या चलाउनेलाइ पो चलाउने ! 

*मन्त्रीको आदेशमा अस्पतालमा १४ जनालाइ जागीर
लोकसेवाको तयारी छोडेर मन्त्रीको ईंजार कस्नेले पो जित्छन् कि के हो ! 

निजी क्षेत्रको गुनासो: लगानी मैत्री वातावरण अझै बनेन
ठाडै भन्नु नि, ट्याक्स घटाउनु पर्छ भनेर  

*काठमाण्डौमै २८ बर्षिय युवती बलात्कृत
बलात्कृत की अस्वीकृत ! 

जंगल मासेर निजगढ़मा सहर बनाउनु अनिवार्य होइन: मन्त्री बस्नेत
कसैको चिन्ता जंगल, कसैको चिंता सहर, भन्नुस त मन्त्रीजी लुकेको रहर ? 

*नागरिकता ऐन सम्बन्धित बिधेयक त्रुटिपूर्ण: नेता जे एन खनाल
छोड्दिनुस्, २२ लाख पनि यस्तै ख्याल ख्यालमै  

*पप्पुलाइ एक हातले कार्बाहि अर्को हातले पुरस्कार
नेताका दुईटा हात एउटा बोलाउने, एउटा धपाउने। Pappu can dance salaa 

*नेपालले हाँसिल गरेको उपलब्धी बिश्व सामू प्रस्तुत गर्न आवश्यक: मन्त्री ज्ञवाली
हतार नगर्नुस है, राजनितिक गाईजात्रा अझै सकिएको छैन  !

 

यो सामाग्रि हामीले नेपालकै पहिलो शब्द झटारो ठोक्ने अनलाईन पत्रिका www.gajureal.comबाट साभार गरेका हौं । यो सामाग्री राम्रो मज्जा लायो भने अरु धेरै मज्जाका लागि यहाँ क्लिक गर्नुस् सिधै उतै पुग्नुहुन्छ ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस