Tuesday, 26 Oct
01:00:00

नेपाल आइडल बाट बाहिरिए पनि गीत-संगीतमा नै केहि गर्छु : जिबन

2018/09/25   भिमसेन

गफगाफ - गत बर्षबाट नेपालमा भित्रिएको म्युजिक रियालिटी शो 'नेपाल आइडल' ले निकै चर्चा पाई रहेको छ । पहिलो बर्ष नै नेपाल आइडल निकै चर्चा पाएको थियो, झन् अहिले त दोश्रो सिजन चलिरहेको छ । नेपाल आइडलले देशभरि छरीएर रहेका गायन प्रतिभालाई संसारभर उजागर गराई रहेका समेत छन् । पहिलो संस्करणबाट निकै लोकप्रियता बढेको नेपाल 'आईडल' को सिजन २ मा पनि देशभरि छरिएर रहेका समधुर आवाज का धनि देखि लिएर आफ्नो आवाजले दर्शकको मन जित्न सक्छ भन्ने खालका रमाईला प्रतिष्पर्धी हरुले समेत भाग लिएका थिए ।

देशभरिका बिभीन्न प्रमुख शहरहरु बाट अडिसन दिएर तिन जना जर्जहरुको मन जित्दै सय जना बराबर दोश्रो अर्थात थियटर राउण्डमा प्रवेश गरेका थिए । तिनै सय जना मध्येका एक रामा आवाजका धनि चितवन र न पा का जिबन घलान पनि एक रहेका थिए । एक दिर्घकालिन रोगबाट ग्रस्त जिबनले हेटौँडा बाट अडिसन दिएका थिए । दैनिक जिबनमा हिडडुल गर्न पनि अरुको साहारा लिनुपर्ने जिबनलाई उनका आफ्नै भाई युकेश घलानले हेटौँडा सम्म अडिसनका लागि लगेका थिए । नेपाल आइडल करिब टप १२ को नजिक आईरहँदा जिबन भने थियटर राउण्ड बाटनै आउट भएका थिए । उनै जिबनसंग हामिल्रे आगामी योजना तथा उदेश्य के छ ? साथै नेपाल आइडलको यात्रा कस्तो रह्यो भनेर कुराकानी गरेका छौँ ।

 

जिबन जी  को 'नेपाल आइडल यात्रा कस्तो रह्यो ?

 जे होस् नेपाल आइडलमा गएर धेरै कुराहरु सिक्न पाँए, साथीहरुको माया, ममता साथै के के कुराहरु सिक्नु पर्दो रहेछ जिबनमा भनेर थाहा पाँए ।

 

'नेपाल आइडल' मा जाने निर्णय कसरी गर्नुभयो ?

 साथीभाई, घरपरिवार र भाईको सल्लाह र सहयोगबाट गएको हो ।

 

अडिसन दिन जाँदाको क्षण कस्तो रह्यो ?

सुरुमा जानलाई असहज भएता पनि अडिसन दिन लाग्दा राम्रै भएको थियो ।

 

नेपाल आइडलमा छनोट भएपछि कस्तो लाग्यो, जर्जहरुले क भन्नु भयो ?

 जे होस् सुरुमा अलि आत्तिएको थिए, छनोट भैसकेपछि खुसि लाग्यो, जर्जहरुले पनि राम्रै कमेन्ट गर्नु भयो खुसि लागेको थियो ।

 

गाउन कहिले देखि सुरु गर्नु भयो ?

गाउन त सानै देखिनै गाउने गर्थे, ठुलो भएपछि झन् राम्रारी सिक्न पाँए,

 

गीत संगीत सिक्नु भएको छ कि नाई ?

नेपाल आइडलमा छनोट भएपछि १ महिना साधारण कोष सिकेको थिँए ।

 

तपाइँ अन्य मानिसहरु जस्तो हिडदुल गर्न सक्नु हुन्न खास के भएको हो तपाइँलाई ?

मेरो समस्या भन्नुपर्दा 'मस्कुलर डिस्ट्रोफिटिज अर्डर' को हो । यो समस्या जति उमेर बढ्दै गयो उति नै कमजोर हुदै जाने हो, तर अरुको तुलनामा मेरो चाँही सामन्य अबस्थामा नै छ यही कुरामा खुसि लाग्छ ।

 

कस्तो खालको र कस्को गीत बढी सुन्नु हुन्छ ?

आफ्नो जिबन पनि सेन्टिमेन्टल नै भएकोले प्राय सेन्टिमेन्टल गीत हरु नै सुन्नु गर्छु । प्राय सबै गायक- गायिकाहरुको गीत सुन्ने  गर्छु तर प्राय एड्रिन प्रधानको बढी सुन्ने गर्छु ।

 

जिबन जी अब गीत संगीतलाई नै निरन्तरता दिने हो कि, अरु नै कै गर्ने ?

अब गीत संगीतमा नै केहि गर्नी हो किनकी मैले गीत संगीतमा हात हाँलिसके, अब गीत संगीतमा नै केहि गर्ने मन छ ।

बाँकि कुराकानी भिडियोमा हेर्नुहोस :


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस