सरकारी जागिर छोडेर हाँस्यकलाकार

गफगाफ -हाँस्यकलाकार अर्जुन घिमिरे उर्फ पाँडेको आज जन्मदिन परेको छ । नुवाकोट जिल्ला ओखर पौवा गाविस वडा नम्बर ४ मा अर्जुनको जन्म भएको हो । २ जना दाई र १ जना दिदी पछि परिवारमा उनको आगमन भएको हो । उनकी  एक जना बहिनी पनि छिन् ।  अर्जुनको बाल्यकाल पनि जन्मेकै ठाउँमा बित्यो । उनले कक्षा ५ सम्मको अध्ययन पनि त्यहि गरे । तर पछि काठमाण्डौको नागार्जुन माध्यामिक विद्यालयबाट एस एल सी सम्मको अध्ययन गरे ।  

नागार्जुन माध्यामिक बिद्यालयबाट एस एल सी गरेका उनीे त्यसपछिको अध्ययनको लागि काठमाण्डौको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा मानविकि संकायमा भर्ना भए । उनले  पत्रकारिता पढे । तर उनले पढाईलाई निरन्तरता दिन भने सकेनन् । उनको अध्ययन स्नातक तह तेस्रो वर्षमा पुगेर रोकियो । कारण थियो उनको व्यस्तता । उनी स्नातक तह तेस्रो वर्षमा प्रवेश गर्दासम्म कलाकारितामा व्यस्त हुन थालिसकेका थिए । उनलाई  कलाकारितामा केही गर्नुपर्छ भन्ने जोश र जाँगर थियो । यहि  कारण उनी कलाकारितामा बढी सक्रिय भएर अध्ययन पूरा गर्न सकेनन् ।

कलाकारिताको शुरुवात
उनलाई बाल्यकाल द्खि नै कलाकार बन्ने चाहना थियो । यहि कारण उनी आफूले पढ्ने बिद्यालयमा त्यसताका छायाकंन हुने प्राय सिरियलहरुको छायकंन हेर्ने गर्थे । बिद्यालय स्तर देखि नै गाउँमा विशेष अवसर पारेर अयोजना हुने कार्यक्रमहरुमा देखाईने नाटकहरुमा अर्जुनले पनि अभिनय गर्ने गर्थे । उनले  विद्यालय स्तरको अध्ययन गर्दा नै अभिनयमा डेब्यु गर्ने अवसर पाएका थिए । कक्षा ६ मा अध्ययन गर्दा उनले त्यसताकाको चर्चित टेलिसिरियल हिजो आजका कुरामा काम गर्ने अवसर पाएका थिए । यो नै उनको डेब्यु टेलिसिरियल हो । कलाकार बन्ने सोच भएका अर्जुनलाई टेलिभिजनमा देखिन थालेपछि झन् कलाकारिताको मोहले तान्न थाल्यो । उनी कलाकारिता तर्फ झनै आकिषर््ात हँदै गए र कलाकारितालाई उनले कहिल्यै पनि मर्न दिएनन् ।

सरकारी जागिर छोडेर कलाकार
अर्जुनले कलाकारितामा फाट्टफुट्ट कामहरु ग्रिरहेकै बेला सरकारी जागिर खाने अवसर प्राप्त गरे । उनले सरकारी जागिर खाएपनि  । तर उनले शंकटकालमा खाएको जागिर शंकटकालमै सकियो । उनका दाई पुलिसमा कार्यरत थिए । यहि कारण शंकटकालको बेला उनलाई दाईले आर्मीमा भर्ति हुने चाँजोपाँजो मिलाए । दाजुकै चाँजो पाँजो अनुसार उनी आर्मीमा भर्ति पनि भए । तर छोटो समयमै उनले उक्त जागिर छोडे । शंकटकालमा उनीसँगै उनका केही साथीहरुलाई त्यसबखत जाडिर छोडाईएको अर्जुन बताउँछन् । सरकारी जागिर छोडेपछि अर्जुन पूर्ण रुपमा कलाकारितामा सक्रिय हुन थाले ।  हुन पनि उनको सक्रियताले सफलता पायो ।

पाँडे बन्न गाह्रो
अहिले उनी पाँडेको रुपमा चर्चित छन् । उनको यो क्यारेक्टरलाई निकै नै रुचाईएको छ । लामो समयको संघर्ष पछि उनलाई  पाँडे चरित्रले नै एउटा अब्बल कलाकारको रुपमा चिनाएको हो । दर्शक हँसाउन पाँडे बनेर अभिनय गर्ने गर्छन् । तर उनलाई यो चरित्र निर्वाह गर्न निकै नै कठिन छ ।   धेरैजसोले त उनको यो अभिनय देखेपछि साँच्चिकै बुढो मान्छेको अभिनय हो भन्ने पनि सोच्छन् । उनको यो चरित्र हेरेर दर्शकलाई हाँस्न जति सजिलो छ त्यत्तिकै गाह्रो उनलाई यो चरित्र निर्वाह गर्न  छ । उनले यो चरित्र निर्वाह गर्दा धेरै कुरामा ध्यान दिनु पर्छ । बुढो देखिन उनी कुप्रिने गर्छन् जसले गर्दा उनी साच्चिकै कुप्रो परिसकेको बताउँछन् ।   अर्को कुरा उनलाई वास्तविक जीवनमा पनि पाँडेले नछोड्ने गरेको छ ।  उनी आफ्नो चरित्रमा मज्जाले डुब्ने गरेका कारण पनि वास्तविक जीवनमा कहिकतै जाँदा पनि पाँडे चरित्र हाबी हुने गरेको उनको भनाई छ ।  तर दर्शकले दिएको जुन किसिमको माया र साथ छ उनी यो माया र साथको अगाडि यो ्दुख केही पनि नभएको बताउँछन् ।

अन्तरजातिय विवाह
अर्जुनले ६ वर्ष अघि सुनिता मल्लसँग प्रेम विवाह गरेका छन् । उनको सुनितासँग अन्तरजातिय विवाह भएको हो । विवाहको समयमा अर्जुनले सिस्नो पानी नामक टेलिसिरियलमा काम गर्थे ।
अर्जुन र सुनिताकी एक छोरी छिन् । विवाह अगाडि सुनिता सौन्दर्य पेशामा आवद्ध थिईन् । उनी  विवाह अघि पार्लर सञ्चालन गर्थिन् । अर्जुनसँग विवाह गरेपछि भने सुनिता पारिवारिक काम र हेरचाहमै व्यस्त छिन् ।
 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस