अजयले नम्बर ट्विट गरिदिँदा काजोल फायर

अभिनेता अजय देवगनले आईतबार राती आफ्नी श्रीमती काजोलको नम्बर ट्वीटरमार्फत सार्वजनिक गरिदिएका छन् । उनले  सार्वजनिक गरेको काजोलको नम्बर अहिले भाईरल बनिरहेको छ । उनले ट्विटरमा लेखेका थिए, काजोल अहिले देश बाहिर छिन् । उनलाइ मात्र ह्वाट्सऐप नम्बरमा सम्पर्क गर्नुहोला ।  

 

अजयले केही घण्टा पछि भने ट्विटरबाटै आफूले प्रायकं गरेको स्पष्ट पारेका छन् । यो नम्बर भाईरल भएपछि अजयले सेटमा हाँसो मजाक गर्ने क्रममा गरिएको एक प्र्याङ्क थियो भनेर अर्को ट्विटमा स्पष्टिकरण दिएका हुन् । 

 

उता काजोलले भने यो प्रायकंलाई गम्भिरता पूवर्क लिएर  ट्विटरबाटै अजयलाई थर्काईन् । उनले ट्विट गर्दै लेखिन्, हेर तिम्रो यो प्रयाकं स्टुडियो भन्दा बाहिर आईसकेको छ । तर यसलाई  घरमा ईन्ट्री मिल्ने छैन । 

अजयले काजोलको मोबाइल नम्बर शेयर गरे लगत्तै कतिपयले यस नम्बरमा फोन र म्यासेज गर्न सुरु गरिसकेका थिए भने कतिले अजयले यस्तो गर्न नहुने भन्दै अजयलाई नै ट्रोल गर्न सुरु गरेका थिए । 

अजयले यस्तो गर्नुको पछाडि काजोलको आगामी सिनेमा ‘हेलिकप्टर ईला’ को प्रमोशनसँग पनि जोडेर हेरिएको छ । फिल्म ‘हेलिकप्टर ईला’ मा काजोल मुख्य भूमिकामा छिन भने उनीसँगै रिद्धि सेनको पनि मुख्य भूमिका रहेको छ । 

यो सिनेमा एक आमा र छोराको कथामा आधारित छ । प्रदीप सरकारको निर्देशन तथा अजय देवगनको निर्माणमा बनेको यो सिनेमा अक्टोबर १२ मा रिलिज हुनेछ । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस