Tuesday, 26 Oct
01:00:00

सलिनमानको यात्रामा राखिने भयो चट्ट रुमालको रिमेक

2018/09/25   Gufgaf

बलिउड सिनेमा उद्योगमा पछिल्लो समय पुराना सिनेमाका गीतलाई रिमेक गरेर नयाँ सिनेमामा राख्ने चलन बढ्दो छ ।  अझ बलिवुड सिनेमा उद्योगमा पछिल्लो समय नयाँ गीत सिर्जना हुनै छाडेको टिप्पणी पनि हुने गरेको छ । अब विस्तारै नेपालमा पनि यो चलनको सुरुवात हुन थालेको छ ।आगामी सिनेमा यात्रामा आफ्नो मान्छेको चर्चित गीतको रिमेक राखिने भएको छ ।


सिनेमा ‘आफ्नो मान्छे’मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत त्यस समयको चर्चित गीत हो । अझ भन्ने हो भने त यो गीत अहिले पनि सबैको मन मष्तिष्कमा बस्न सफल भएको छ । सदाबहार गीतको रुपमा रहेको यो गीत अब फेरि नयाँ सिनेमामा राखिने भएको छ ।  


आफ्नो मान्छेका निर्माता केशब भट्टराईले आफ्नै सिनेमाको यो गीतलाई आफ्नो आगामी सिनेमा यात्रामा समावेश गर्ने भएका हुन् । आफ्नो मान्छेमा समावेश भएको यस गीतमा दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहलाई फिचर गरिएको थियो ।  अब यात्रामा रिमेक गरेर राखिएको यस गीतमा   अभिनेताहरु सलिनमान बनियाँ, सलोन बस्नेत, अभिनेत्री मल्लिका महत लगायतले नृत्य गर्नेछन् । 

चैत्रमा रिलिज हुने यस सिनेमाको गीत केही समय पछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।उता हेमराज वीसीले निर्देशन गरेको सिनेमा ‘ब्रेकअप’मा पनि पुरानो हिट गीत ‘आज हाम्रो भेट भाको दिन’ समावेश गरिएको छ । यो गीत सिनेमा ‘ज्वाला’मा समावेश थियो ।
छायाकंन भईसकेको यस गीतमा आशिरमान देशराज, शिल्पा मास्के लगायतलाई फिचर गरिएको छ । 
 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस