> Gufgaf.com

रेडियो अडियो

पोष्टर र गीत संगै अनुग्रह को प्रदर्शन मिति सार्वजनिक 

2018/09/25   Manoj

गफगाफ - सामाजिक कथा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले प्रदर्शन मिति घोषणा गरेको छ । आगामी कात्तिक महिनाको १६ गते बाट सिनेमा सार्वजनिक प्रदर्शनमा आउने बताए वितरक सरोज शर्माले । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा  सन्तोस खबासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । सिनेमा लाई राजु दोङ्ग र ज्ञानेद्र गिरि र ड्रोकास बिश्वा सह निर्माताको रुपमा।  

विक्रम डीसीको छायांकन,तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको सिनेमाको एक गीत र पोष्टर संगै सिनेमा प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा लाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ  हो । युवा पुस्ता लक्षित फिल्ममा बाल कलाकार क्रिस्टिना सेन्चुरीको समेत भूमिका छ । रोमान्स, द्धन्द्ध, इमोसन र सामाजिक मुद्दा समेत समेटिएको फिल्मलाई सबै उमेर समूहका दर्शकले रुचाउने जनाइएको छ ।


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस