चलचित्र ‘बादशाह जुट’को इण्डक्ल्याप

2018/09/26   मनोज

गफगाफ - सोमबार ललितपुरको श्रीकाली चौरमा चलचित्र ‘बादशाह जुट’ मा समावेश लोक शैलीको गीतको छायांकन सम्पन्न भयो । सँगै चलचित्रको इण्डक्ल्याप समेत गरिएको छ । चलचित्रको वैशाख १० गतेबाट छायांकन सुरु गरिएको थियो । अब चलचित्रको एउटा गीतको काम मात्र बाकी रहेको बुझिएको छ । एउटा गीतलाई छोडेर आज बाँकी काम पुरा भएको बताइएको छ । ‘बादशाह जुट’को निर्देशन जोनी सिंह राणाले गरेका हुन् । चलचित्रको छायांकन सुरु भएको लामो समय भएता पनि छायांकनका लागी ५० देखि ६० दिन मात्रै क्यामेरा अन गरिएको निर्देशक राणाको भनाई थियो ।
सिनेका चलचित्रकोे इण्डक्ल्यापसँगै रिलिज डेट पनि फाइनल भइसकेको निर्देशक राणाले गफगाफलाइ बताए । चलचित्र ‘बादशाह जुट’ अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट अल नेपाल गर्ने तयरी भइरहेको बताइएको छ । दुई राजाको कथामा निमार्ण भएको चलचित्र ‘बादशाह जुट’को निर्माण निमार्ता भोजराज श्रेष्ठले गरेका हुन् । चलचित्र ‘बादशाह जुट’मा सुशिल श्रेष्ठ, आमिर गौतम,रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

नायिका प्रियंका कार्की पनि चलचित्रमा विषेश भुमिका रहने बताइएको छ । चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, कृष्ण भारद्धाज र विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत रहेको छ भने दिर्घ खड्काको सम्पादन रहेको छ । एच एण्ड बि फिल्मस् प्रा ली र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा ली को संयुक्त व्यानरमा चलचित्रको निर्माण भएको हो । 
 


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस