Tuesday, 26 Oct
01:00:00

‘इन्टु मिन्टु लण्डनमा’लाई विदेशी डिमाण्ड

2018/09/26   मनोज

गफगाफ - यहि शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र हो  ‘इन्टु मिन्टु लण्डनमा’ । चलचित्रले राम्रो प्रदर्शन गरिरहेको छ । राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले मंगलवार १० शोज दिँदा बुधवारका लागि १५ शोज बाँडेको छ निर्देशक रेनशा बान्तवा राईको भनाइ छ । उनको भनाईलाई मान्ने हो भने चलचित्रले मल्टिप्लेक्समा दर्शकको साथ राम्रो पाइरहेको छ । सिंगल स्कृनमा भने आइतवारबाट दर्शकको उपस्थिति औसत रहेको निर्देशक राइको भनाई छ । बजारमा हाल सम्मको कलेक्सन ४ करोड भएको भनेर समाचार आइरहेको भए पनि त्यो झुट भएको निर्देशक राइले बताइन् । हाल सम्मको व्यापारलाई हेर्दा करिव ३ करोड पुग्न लागेको उनको भनाइ थियो ।

नेपालको प्रदर्शनबाट कम्तिमा लगानी सुरक्षित गर्ने निर्माण टिमको विश्वास छ । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले अभिनेता धिरज मगरलाई डेब्यु चलचित्रले नै स्टार बनाएको छ यता साम्राज्ञी राज्य लक्ष्मि शाहाले फेरी एक पटा आफ्नो स्टारडम प्रमाणित गरेकी छन् । यता अभिनेता सारुक ताम्राकारका नाउमा पनि एउटा सफल चलचित्र थपिएको छ । उनले यस अघि ’रानी’ र ’मेरो मामु’ चलचित्रमा अभिनय गरेको भए पनि  दर्शकमाझ चनिन सकेका थिएनन् । अभिनेता सारुक ताम्राकारका लागि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्र करियरकै  ’टर्निङ पोइन्ट’ बनेको छ भन्दा फरक नपर्ला चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले स्वदेशमै आशातित व्यापार गरिरहेको छ । यसै विच चलचित्र युनिटले विदेश प्रदर्शनको थालनी गर्ने तयारीमा लागेको छ । निर्देशक रेनाशा वान्तवा राईले  जानकारी दिए अनुसार करिव १० देखि १२ वटा देशमा चलचित्र प्रदर्शन गर्न लागिएको छ । केही देशहरुमा भने चलचित्रको प्रदर्शन मिति पनि तय भइसकेको छ । 
सुरुवातमा लण्डनबाट विदेश प्रदर्शन गर्ने तयारी भएको थियो तर केहि प्रविधिक कुरा नमिले पछि लण्डन प्रदर्शनको मिती केहि धकेलिएको छ । लण्डन प्रदर्शन पछाडी धकेलिए पछि  अष्ट्रेलिया प्रदर्शन अघि सारिएको छ । अक्टूबर ११, १२ र १३ तारिखमा चलचित्र अष्ट्रेलियामा प्रदर्शन हुने बुझिएको छ । यस्तै, अक्टूबर २१ मा कोरिया, अक्टूबर २९, ३० र ३१ मा लण्डन, नोभेम्बर ३ मा पोल्याण्ड, नोभेम्बर ९ मा हङकङ र नोभेम्बर १५ मा डेनमार्कमा चलचित्र प्रदर्शन हुने पक्का भइसकेको निर्देशक राइले गफगाफलाइ बताइन् । 

अमेरिका, सिंगापुर, जापान लगायतका अन्य केहि देशहरुमा समेत चलचित्र प्रर्शनका निम्ति कुरा भइरहेको निर्देशक राईको भनाइ छ । चलचित्र प्रदर्शन अघि निर्देशक राई र नियिका सम्राज्ञी बिच सम्वन्ध चिसिएको खवर बाहिरिएको भए पनि त्यो सत्य नभएको निर्देश राइको भनाइ थियो । सम्राज्ञीले अफुले गर्नु पर्ने कर्तव्य गरेकी छन् । उनको काम बाट म खुशि नै छु । स्कृप्टले माग गरे आफुले निर्माण गर्ने अर्को चलचित्रमा पनि सम्राज्ञी नायिका रहन सक्ने बताइन् ।
 

मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने  9801081610 मा हामीलाई  भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार

संग्रौला र लामिछाने अध्यक्ष बन्ने दौडमा

गफगाफ  - नेपाल चलचित्र कलकार संघक पुरा पढ्नुहोस

प्रेमीसँग विहे गर्दै श्रद्धा कपूर !

गफगाफ  - पछिल्लो समय अभिनेत्री श् पुरा पढ्नुहोस

पाँच प्रश्न: जब इक्जाम हलमै बेहोस भए नाजिर

अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको सिन पुरा पढ्नुहोस

‘ए मेरो हजुर ३’ को ‘परान’मा अनमोल र सुहानाको ठुम्का 

सिनेमा ‘ए मेरो हजुर ३’मा समावेश दोश्रो गी पुरा पढ्नुहोस

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस